पोखरा । राष्ट्रिय स्वतन्त्र पार्र्टीको तर्फबाट कास्की क्षेत्र नं १ का उम्मेदवारी दिएका राजु राइले प्रचारप्रसार लाई तिव्रता दिएका छन् ।
उनले पोखरा अंमसिंह चोक हलेसी मार्ग, पोखरा २६ को खास्टे ताल, शिशुवा रुपा गाउँपालीका पोखरा ३२ खोलाको छेउ लगायतका क्षेत्रमा प्रचार प्रसार गदै हिडेका छन् ।
राइले आफुलाई जनताबाट सहयोग मिलेको दावी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्र्टीको उम्मेदवार घरघरमा जाँदा जनताको हौसाल बढेको बताएका छन् । जनतालाई यस पटक हाम्रो भन्दा पनि राम्रोलाई मतदान गर्ने आश्वासन दिएको राइले बताए ।
पोखरा ३१ को मोहोरिया टोल, खुदि डुङ्गेपाटन ३०, पावरहाउस २७, सैनिक बस्ति २९ घुमियो सबैको विचार सकारात्मक देखिएको उनले सुनाए ।
विकासको योजना र विश्वास लिएर आफु जतताको घरमा पुगेको कारण सबै जनताले सहयोग गरेको उनले सुनाए । देशमा भैरहेको टेन्डर प्रथाको अन्त्य, सार्वजानीक विद्यालयका स्तरउन्नती, कृषिलाई आधुनिकीकरण गर्ने, युवालाई रोजगारीको व्यवस्था गर्ने लगायतका योजना लिएर उनी चुनावी मैदानमा उत्रीएका छन् ।
नयाँ तथा घरेलु उद्योग संचालन गर्ने, सांसंकृतिक धार्मिक र एतिहसीक स्थलको विकास गर्ने, स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उनको ऐजेन्डा रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-