पोखरा। नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले जनताको विश्वास जितेर काम गर्ने बताएकी छन् ।
पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीस्थित तल्लो खैरेनीका स्थानीय वासिन्दासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो क्षेत्रको समग्र विकास निर्माणमा कठिवद्ध भएर लाग्ने बताईन् । नेकपा एमालेले मुलुकका मुख्य प्राथमिकतालाई समेटेर निर्माण गरेको घोषणापत्र र पार्टी गण्डकी प्रदेशको प्रतिवद्धतालाई विकास निर्माणको आधार बनाएर अघि बढ्ने मतदाता समक्ष उनको प्रतिवद्धता छ ।
विकास निर्माण जसले गरे पनि मुलुक र जनताका लागि नै हो भन्दै उनले अघिल्लो सरकारले शुरु गरेका योजनाको वर्तमान गठबन्धनको सरकारले रकम कटौती गरेकोमा दुःख व्यक्त गरिन् ।
दुःख परिस्थितिमा यस क्षेत्रका मतदाताले भारी मतका साथ उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराएर आफुलाई हौसला प्रदान गरेको स्मण गर्दै नेत्री भट्टराईले मंसीर ४ गतेको निर्वाचन पश्चात मुलुकको विकास निर्माणले गति लिने विश्वास व्यक्त गरिन् ।
निर्वाचन २ (क) का उम्मेदवार भिमबहादुर कार्कीले जनताको मनोवललाई उच्च राख्ने गरि काममा जुट्ने विश्वास व्यक्त गर्दै यस क्षेत्रका प्रत्येक गतिविधिमा आप्mनो सहभागि रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बिभिन्न विकास निर्माणलाई समेटेर सामूहिकरुपमा तयार पारिएको ध्यानाकर्षण पत्र समेत उम्मेदवार भट्टराईलाई हस्तान्तरण गरिएको थियो ।
स्थानीय समाजसेवी रामबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान वडाअध्यक्ष शिवराज आचार्य, नेकपा एमाले पोखरा ३३ का वडाअध्यक्ष दिपक लामिछाने, स्थानीय शान्तिदेवी आचार्य, मनमाया मगर,डिवि विश्वकर्मा, ऋषिराज आचार्य लगायतले यस क्षेत्रका भए गरेका विकास निर्माणका कार्य र पुरा गर्नुपर्ने योजनाका सम्वन्धमा जानकारी गराएका थिए ।
उम्मेदवार भट्टराईले आजै अनेमसंघ पोखरा ७ महिला भेला, पोखरा ८ र २१ को घरदैलो कार्यक्रममा समेत सहभागि बनेकी थिईन् । कात्तिक १८ गते पोखरा १७ मा घरदैलो कार्यक्रम गर्ने जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-