पोखरा । पोखरा महानगरपालिका २५ स्थित हेम्जा छुच्चीको ओरालोमा ग १ त १६८२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही महानगरपालिका २५ हनुमान चोक बस्ने ४१ वर्षीय लक्ष्मण बिकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-