२०८२ माघ २७, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सुरु गरेका काम पूरा गर्न कोइरालाको उम्मेदवारी

गण्डकी प्रेस
कार्तिक १३, २०७९ १९:१३ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
सुरु गरेका काम पूरा गर्न कोइरालाको उम्मेदवारी
25
SHARES
Share on FacebookShare on Twitter

पोखरा । फुट ट्र्याक बनेपछि फेवातालको मुहार नै फेरियो । ठेलमठेल हिँड्ने पर्यटक, लस्करै बनेका रेस्टुरेन्ट, झिलिमिलि बत्तीले फेवाताल किनारलाई गुल्जार बनायो । त्यतिञ्जेलसम्म उत्तिकै सम्भावना बोकेको बेगनासतालमा भने फाट्टफुट्ट मात्रै पर्यटक पुग्थे । ताल किनार सुनसानप्राय देखिन्थ्यो । अहिले बेगनासताल किनारमा पनि फुट ट्र्याक बनेपछि भने पर्यटकको चाप बढेको छ ।

संघीयता कार्यान्वयनपछिको पहिलो निर्वाचनमा कास्की निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित दीपक कोइरालाकै योजनामा फुट ट्र्याक बनेको हो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत तत्कालीन सांसद कोइरालाले बेगनास ताल सौन्दर्यीकरणका लागि बजेट बिनियोजन गरेका थिए । बेगनास ताल बाँध पुनर्निर्माणसँगै फुट ट्र्याक बनाइएको छ । फुट ट्र्याकमा बत्तीको झिलिमिलि देखिन्छ । बस्ने कुर्सी राखिएका छन् । रेलिङ हालिएको छ । विहानै व्यायाम गर्न आउने वयस्कदेखि दिउँसो घुम्न आउने पर्यटक र साँझ हात समाएर हिँड्ने प्रेमिल जोडीसम्मले ताल किनार भरिभराउ हुन्छ ।

तर युवा नेता कोइरालालाई यतिमै चित्त बुझेको छैन । तालको सौन्दर्यीकरणका लागि उनीसँग अझै धेरै योजना छन् । आफूले सुरु गरेका योजनालाई पूरा गर्न उनी फेरि प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । उनी पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रको उम्मेदवार भएर कास्कीको १(१) मा चुनावमा होमिएका छन् । ‘सांसदको काम नीति निर्माण गर्ने हो । त्यसबाहेक पनि जनताको आशा सांसदप्रति हुन्छ,’ उनी भन्छन्, ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले जनताका चाहनालाई सम्बोधन गरेको हुन्छ । त्यही बजेटबाट मेरो निर्वाचन क्षेत्रमा थुप्रै योजना सुरु भएका छन् । जसलाई अब फेरि निर्वाचित भएर पूरा गर्नु छ ।’ फुट ट्र्याक निर्माणपछि बेगनासतालले नयाँ स्वरुप पाएको उनको भनाइ छ । अब ताल वरपर साइकल ट्र्याक बनाउने, फुट ट्र्याकलाई विस्तार गर्ने उनको योजना छ । तालको पारिपट्टी बराह मन्दिरको डाँडालाई बीचबाट काटेर वरिपरि पानी बग्ने बनाउन प्रदेशबाट बजेट नै छुट्टिइसकेको छ ।

बेगनास तालको सौन्दर्यीकरण मात्रै होइन, पर्यटनको केन्द्र लेकसाइड मात्रै हो भन्ने मानसिकतामा परिवर्तन ल्याउन उनी प्रयासरत छन् । त्यही प्रयासस्वरुप उनकै योजनामा नेपालमै पहिलोपल्ट प्राकृतिक तालमाथि झोलुंगे पुल निर्माण गरिएको छ । पोखरा महानगरपालिका र रुपा गाउँपालिका जोड्ने गरी रुपा तालमाथि झोलुंगे पुल निर्माण भएपछि स्थानीय खुसी छन् । उक्त पुल अहिले ‘भाइरल पुल’ का रुपमा चिनिन्छ । पुल बनेपछि आवतजावतमा सहज भएको छ । पुल नहुँदा रुपा–६ भंगाराका स्थानीयलाई पचभैयाँ आउन डेढ–दुई घण्टा लाग्ने बाटो अहिले पुल बनेपछि आधा घण्टामा छोटिएको छ । ‘पुल बन्यो, आन्तरिक पर्यटकको चाप पनि भयो तर एप्रोच रोड नहुँदा पर्यटकीय पूर्वाधार बन्न सकेका छैनन्,’ उम्मेदवार कोइराला भन्छन्, ‘अबको निर्वाचन पछि बन्ने प्रदेशसरकारमार्फत यहाँ पर्यटकीय पूर्वाधार थप्न पनि फेरि निर्वाचनमा होमिएको छु ।’

साविकको पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका जोडिएर पोखरा महानगरपालिका बन्यो । कागजमा जोडियो तर भूगोलमा जोडिएन । पोखरा र लेखनाथलाई छुट्याउने विजयपुर खोलामाथि आवश्यक स्थानमा पुल नहुँदा भूगोल नजोडिएको कोइरालाले महसुस गरे । उनकै पहलमा पोखरा १३ र २६ जोड्ने गरी मोटरेबल पुल बन्यो । पोखरा १४ र २६ जोड्ने गरी अर्को मोटरेबल पुल बनिरहेको छ । पोखरा १४ र २६ नै जोड्ने अर्को पुल बन्ने क्रममा छ । उक्त पुल बनेपछि गगनगौंडाबाट विरौटा निस्कने वैकल्पिक बाटो बन्ने छ । यी योजना पूरा गर्न आफू पुनः प्रदेशमा दोहोरिएर उम्मेदवार बनेको उनी बताउँछन् ।

चुनावी अभियानका क्रममा उनी हाल मतदातासँग भेटघाट गरिरहेका छन् । स्थानीय आवश्यकता र समस्याको पहिचान गरिरहेका छन् । आफूले सुरु गरेका योजना पूरा गर्न पुनः निर्वाचित गराएर प्रदेशसभामा पठाउन आग्रह गरेका छन् । अघिल्लो प्रदेशसभाको अर्थ तथा विकास समिति सभापति भएर काम गरेको अनुभवलाई प्रयोग गरेर आफ्नो निर्वाचन क्षेत्रलाई समृद्ध बनाउने उनको चाहना छ ।

मतदातासँग भेटघाटकै क्रममा आइतबार उनी पोखरा–३० मा पुगेका छन् । उक्त वडाका शिशुवा, लालुपाते मार्ग, पार्वती टोल, मोहोरियाटोल, खुदी, भूगोलपार्क, गगनगौंडाका स्थानीयसँग उनले भेटघाट गरेका छन् । उनीसँगको भेटमा स्थानीयले जनतासँग भिजेको नेता कोइराला नै भएको प्रतिक्रिया दिएका छन् । युवा उमेर र भिजन भएको नेता कोइराला नै भएकोले यसपल्ट पनि जिताएर पठाउने गगनगौंडाका स्थानीय राजु केसीले बताए । ‘पाँच वर्षको अवधि उहाँले निष्कलंकित भएर बिताउनुभयो । विकासप्रेमीका रुपमा आफूलाई सावित गर्नुभयो,’ उनले भने, ‘उहाँले सुरु गरेका योजना पूरा गर्नुपर्ने छन् । त्यसका लागि पनि हामी फेरि जिताएर पठाउँछौं ।’
फोटो
पोखरा–३० मा स्थानीयसँग भेटघाट गर्दै पाँच दलीय गठबन्धनका तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर १(१) मा माओवादी केन्द्रका प्रदेशसभा सदस्य उम्मेदवार दीपक कोइराला ।

सम्बन्धित समाचार

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अपराध

विदेश पठाइदिन्छु भन्दै ६८ लाख बढि ठगि गर्ने पक्राउ

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
प्रमुख समाचार

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

काठमाडौंमा राति घर फोडी चोरी गर्ने गिरोह पक्राउ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ
प्रमुख समाचार

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को
प्रमुख समाचार

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

विदेश पठाइदिन्छु भन्दै ६८ लाख बढि ठगि गर्ने पक्राउ

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

काठमाडौंमा राति घर फोडी चोरी गर्ने गिरोह पक्राउ

काठमाडौंमा राति घर फोडी चोरी गर्ने गिरोह पक्राउ

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

सैनिकलाई घर बनाउन २५ लाख कर्जा

फागुन २१ को निर्वाचनका लागि नेपाली सेना देशभर परिचालित

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ ः गनेस पौडेल

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ ः गनेस पौडेल

चर्चित खबरहरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ प्रकारका निषेधित सामग्री नष्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ प्रकारका निषेधित सामग्री नष्ट

पोखरामा हत्या, इन्टरपोलबाट बहराइनमा हतकडी

पोखरामा हत्या, इन्टरपोलबाट बहराइनमा हतकडी

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

पोखरामा २ ठाउँमा भेटियो बर्डफ्लु, पंक्षी नष्ट गरिदै

पोखरामा २ ठाउँमा भेटियो बर्डफ्लु, पंक्षी नष्ट गरिदै

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ ः गनेस पौडेल

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ ः गनेस पौडेल

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal