पोखरा । माओवादी केन्द्र पोखरा वडा नम्वर २१ का सचिवालय सदस्य शर्मिला भट्टराई नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
भट्टराईलाई नेकपा एमाले केन्द्रीय सदस्य एवं मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्वर २ (१) का एमाले उम्मेदवार भिम कार्की, एमाले प्रदेश कमिटी सदस्य चन्द्रबहादुर रोका, एमाले कास्की जिल्ला कमिटी सचिवालय सदस्य शिवप्रसाद आचार्य लगायतले एक विशेष कार्यक्रममा स्वागत गरेका हुन् । भट्टराईले आफू एमालेको नीति कार्यक्रमबाट प्रभावित भएर प्रवेश गरेको बताउँदै देश र जनताको समृद्धि एमालेले मात्रै गर्न सक्ने बताईन् ।
उनले देश र जनताको सेवामा एमालेमा आवद्ध भएर निरन्तर कार्य गर्ने प्रतिवद्धता जनाइन् । एमाले पार्टीमा स्वागत गर्दै उम्मेदवार कार्र्कीले उत्कृष्ट योजना सहित एमाले निर्वाचनमा आएको र विकासको सफल नायक एमाले भएको विगतका कार्यले पुष्टि गरेको बताए ।
कार्कीले निरन्तर जनताको सेवामा लागेका विभिन्न दलमा आवद्ध अन्य नेता कार्यकर्तालाई एमालेमा समाहित हुन ढिला गर्न नहुने उल्लेख गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-