पर्वत । प्रतिनिधि सभा सदस्य उम्मेदवार जल बहादुर पुर्जा पुनले पर्बत जिल्लामा पाइने जडिबुटिको पहिचान गरि प्रयोगमा ल्याउने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्बतबाट प्रतिनिधिसभा उम्मेदवार बनेका पुनले स्थानीय क्षेत्रमा पाइने जडिबुटिलाई बजारिकरण गर्दै आर्थिक उन्नति तर्फ लैजाने बताए ।
चुनावी अभियानमा जुटेका उनले जडिबुटीलाई बैज्ञानिक रुपबाट पहिचान गरी त्यसको संरक्षण अनुसन्धान प्रशोधन गरेर उपयोग गरीने बताएका हुन् । “पर्बत जिल्लामा भैरहेको जडिबुटीलाई बैज्ञानिक रुपबाट पहिचान गरी त्यसको संरक्षण अनुसन्धान प्रशोधन गरेर उपयोगमा ल्याइनेछ । साथै जडिबुटीको व्यावसायिक रुपमा खेति गर्न आवश्यक नीति तथा कर्याक्रम ल्याइने छ” उनले भने । उनले पर्बतको विकासका लागि आफु दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-