पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं २ मा निर्वाचन प्रचार प्रसारको कार्याक्रम तिब्र रुपमा अघि बढाएको छ ।
प्रचार प्रसारलाई तिव्रता दिनको लागी क्षेत्र न ३ को क्षेत्रिय पार्टी कार्यालय उदघाटन बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार योगराज पौडेलले जितको नजिकै पुगेको बताए । उनले जनताको चाहाना र भावना अनुसार काम गर्ने भन्दै आफ्नो पक्षमा जनता रहेको धारणा राखे ।
उक्त कार्याक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश अध्यक्ष डाक्टर ढाका कुमार श्रेष्ठले जित निश्चर रहेको र पार्टीको सिद्धान्तमा रहेर काम गर्ने जानकारी दिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र जनताको भवना बुझेर काम गर्ने दावी गरे ।
उक्त कार्याक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न नेताले पार्टीको योजना र सिद्धान्तको विषयमा बोलेका थिए । अन्नपूर्ण गाउँपालिका वडा नं २को विभिन्न टोलमा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचार प्रसार गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-