राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नं १ राजु राई यतिबेला चुनावी अभियानमा जुटिरहेका छन् । चुनावी अभियानलाई तिव्रता दिँदै गर्दा पोखरा महानगरपालिका १३ काहुँखोला कसेरीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलो अभियानमा स्थानीयले रास्वपालाई नै मत दिने बताएका छन् । चुनावी प्रचारलाई तिव्रता दिने क्रममा स्थानीयले खुसी हुँदै राजुलाई जिताउने बताएका हुन् ।
स्थानीयको समस्या कुनेपनि दलले अहिलेसम्म पुरा गर्न नसकेको र जनताको आवाजलाई लिएर स्वतन्त्र पार्टीबाट आफुले उम्मेदवारी दिएको राजु राईले बताए । पुराना पार्टीले जनतालाई दुःख दिएका कारण स्वतन्त्र पार्टीको उदय भएको बताए ।
आफुले ठूला एजेन्डा नबोकेको तर जनताको देनिकी र जिवनसँग जोडिएर दीर्घकालिन योजनालाई लिएर अघि बढेको उनले सुनाए ।
प्रतिक्रिया लेख्नुहोस्:-