पोखरा । साथी किसान कृषि सहकारी संस्था लि. को २० औँ विषेश साधरण सभाले डाक्टर शन्नी पाठक अध्यक्षमा चयन भएका छन् ।
उपाध्यक्षमा चेत बहादुर हमाल, सचिवमा धुर्वराज पौडेल, सह सचिव हर्क बहादुर नेपाली, कोषाध्यक्षमा तारापती सुबेदी चएन भएका छन् ।
सदस्यमा सिता श्रेष्ठ, सन्तोष पौडेल, राजु बशादुर खत्री, तेज बहादुर केसी, लक्ष्मी थापा र सागर गिरी चयन भएका छन् ।
कार्यक्रममा भनाइ राख्दै निवर्तमान अध्यक्ष डाक्टर ढाका कुमार श्रेष्ठले संस्थाले आफ्नो हक अधिकारको लागि सधै बोल्नुपर्ने बताए । उनले संस्थामा आफ्ले काम गर्दा सहयोग गर्ने सबै टमलाई धन्यवाद दिए । सहकारीले कोल्ड स्टोर संचालन गर्ने, ससेज कम्पनी खोलेर बजारीकरण गर्ने, किसानको संख्या बृद्धि गर्ने, सहकारीको पुँजी बृद्धी गर्ने, फर्मको आकार बढाउने संगै फ्रेस हाउस व्यवस्थित गर्ने योजना रहेको सुनाए ।
सचिव बालाहरी बरालले सचिवको प्रतिवेदन पेश गर्दै सहकारीको सेयर सदस्य बढाउने, शेयर सदस्यलाई व्यवसायीक पोल्ट्री सम्बन्धी तालिम दिने, कुखुरा पालनलाई व्यवस्थित बनाउने लगायतका योजना रहेको सुनाए । कोषाध्यक्ष सोमती गुरुङले आर्थीक प्रतिवेदन पेश गरेको थिईन ।
सहकारीले चाउथेमा ५ रोपनी जग्गामा कुखुरा फर्म संचालन गरेको छ । लेखा संयोजक कुष्माखर पौडेलले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । कृषकको तर्फबाट बोल्दै तारापती सुबेदी राज्संग लेडेर अधिकार माग्न परेको सुनाए । कृषकको उत्पादन हाइजनिक गर्नसके किसानलाई फाईदा हुने बताए ।
शेयर सदस्यको तर्फबाट डाक्टर किशोर आचार्य निवाहा मुखी किसान व्यवसायीक रुपमा अघि बढ्नुपर्ने आवस्यकता रहेको बताए ।
सदस्य लोकराज शर्मा अव आउनेले समिति संस्थाको प्रतिफलको लागि काम गर्न आग्रह गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-