पोखरा । पोलिटिकल साइन्स सोसाइटी नेपालले आयोजना गरेको संघिय तथा प्रदेश सभाका उम्मेदवार संगको बहस कार्याक्रममा कास्की क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका माधव प्रसाद कडेलले भ्रष्टचार हटाउनको लागि आफ्नो उम्मेदवारी दिएको बताएका छन् ।
कडेलले नेपालको शिक्षा अन्तराष्ट्रिय स्तरको बनाउको लागि काम गर्ने, गुणस्तरीय शिक्षाले गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने, शिक्षकलाई सुविधा अन्यलाई भन्दा फरक गर्ने योजना रहेको सुनाए ।
अहिलेसम्म व्यवस्था परिर्वतन भएको आफ्नो जितेमा जनताको अवस्था परिर्वतन गर्ने धारणा राखेका छन् । अहिलेसम्मका शासकले जनताको अवस्थामा ध्यान नदिएको उनको धारणा छ ।
साथै उनको घोषणा पत्रमा स्वास्थ्य क्षेत्रमा आफुले काम गर्नको लागि आफ्नो उम्मेदवारी दिएको बताए । पार्टीको योजेन्डा अनुसार आफुले काम गर्ने बताए ।
राष्ट्रिय स्व्तन्त्र पार्टी गण्डकी प्रदेश अध्यक्ष डाक्टर ढाका कुमार श्रेष्ठले नेताहरुले नै देशको उद्योग बेचेर र चुनावमा जनता भुलाउनको लागी रोजगारी दिने नारा लगाउदै हिडेको धारणा राखे ।
देशका ठुला पार्टीले नै राजनितीलाई पेशा व्यवसाय बनाएको उनको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार आएमा स्वास्थ्य शिक्षा जस्ता सेवाहरु निशुल्न र सबै जनातको पहुँचमा हुने श्रेष्ठको दावी छ ।
उनले गाउँ गाउँका प्रत्येक स्वास्थ्य केन्द्रमा डाक्टर हुनुपर्ने भन्दै अहिलेका नेतामा देश विकास गर्ने योजना नै नभएको दावी गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-