पोखरा । पोखरा महानगरपालिका ११ फुलबारी घर भई सोही महानगरपालिका ९ बास्तोलाथर बस्ने रमेश गुरुङको बेल बोट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ सहित ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त रेष्टुरेन्टमा जुवातास खेलाई रहेको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार १ सय ३० रुपैयाँ र ५२ पत्ती तास सहित पक्राउ गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-