पोखरा । कास्की निर्वाचन क्षेत्र न २ (१) बाट प्रदेश सभा सदस्यका लागि एमाले तर्फका प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले गण्डकी प्रदेशलाई अन्तराष्ट्रिय व्यापारको महत्वपूर्ण नाका बनाउने प्रतिबद्धता जनाएका छन् ।
पोखरा महानगपालिका वडा नम्वर १५ मा एमालेको निर्वाचन परिचालन कमिटिको कार्यालय उद्घाटन कार्यक्रममा उनले सो प्रतिवद्धता जनाएका हुन ।
उम्मेदवार कार्कीले देश हाँक्ने र विकास गर्ने तागत एमालेसँग मात्रै भएको दावी गरे । उनले विकास अभियान व्यवस्थित बनाउन,राष्ट्रियता बलियो बनाउन, भ्रष्टाचार नियन्त्रण गर्न एमालेको सरकार आवश्यक भएको स्पष्ट पारे । निर्वाचन परिचालन कमिटिको कार्यालय उद्घाटन गर्दै एमालेका केन्द्रिय सदस्य कृष्ण थापाले कास्की क्षेत्र न २ मा आफ्ना प्रतिनिधिहरूले उत्कृष्ट काम गरेको भन्दै अब सो क्षेत्रलाई नमुना क्षेत्र बनाउने उल्लेख गरे ।
कार्यक्रममा नेकपा एमाले गण्डकीका उपसचिव रश्मि आचार्यले जनताका अपेक्षा एमालेले मात्रै पूरा गर्न सक्ने दाबी गरे । उनले विगतको एमाले नेतृत्वको केन्द्रिय र प्रदेश सरकारले विकासको बाहार र उभार ल्याएको प्रमाण पेश गर्दै यसपाली एमालेले बहुमतको सरकार बनाउने बताए ।
सो कार्यक्रममा एमाले गण्डकी प्रदेशका समानुपातिक उम्मेदवार डाक्टर छममाया पून, एमाले कास्कीका सचिवालय सदस्य हिरा गिरि, एमाले पोखरा १५ का अध्यक्ष भोज बहादुर गुरुङ, उपाध्यक्ष खेम थापा, सचिव पार्वती कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-