पोखरा । गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२माप्रतिनिधिसभा सदस्यपदकाउम्मेदवार श्रीनाथ बरालले पोखरामापहिले नै बनिसक्नुपर्र्नेे पूर्वाधारहरु धेरै बन्नबाँकी रहेको बताएका छन् । उनले तीपूर्वाधार निर्माण देखि केन्द्रमा यस क्षेत्रको पहुँचविस्तार गर्दै समग्र विकास निर्माणलाई गति दिने वातावरण आफूले बनाउने दाबी गरेका छन् । कास्की क्षेत्र नम्बर २अन्तर्गत पोखरा ४ मानिर्वाचनसम्पर्क कार्यालय स्थापनाकार्यक्रममाबोल्दै उनले यस्तो बताएकाहुन् ।

पोखरा बसपार्क निर्माण, पोखराको रिङरोड देखि धेरै पूर्वाधार बन्नुपर्ने भन्दै उनले स्थानीय सरकार र प्रदेश सकारसंग सहकार्य गरेर केन्द्रबाट आफूले काम गर्ने बताए । ‘मलाई थाहा छ, यहाँपहिले नै निर्माण भइसक्नु पर्ने र विकास निर्माणको स्पष्ट खाका कोरेर अगाडि बढिसक्नुपर्ने पहिले नै हो । अपेक्षीतभन्दा धेरै कुरामाहामी पछाडी परेका छौं । यहाँबसपार्क निर्माण गर्नुपर्ने छ । रिङरोडको स्पष्ट खाका सहितविकास गर्नुपर्नेछ । यि र यस्ता कामहरु स्थानीय सरकार र प्रदेश सरकारसंग सहकार्य गर्दै केन्द्रबाट मैले वातावरण मिलाउने छु’ उनले भने ।
आफूले कास्कीकाजनताको भावनाबुझेको र जनतासंगसुखदुखमा संगै रहेरकाम गरेको स्मरण गर्दै निर्वाचित गरेर अझै कास्की २ का दाजुभाई दिदिबहिनीले आफूलाई नजिकबनाउने उनले अपेक्षा गरे । ‘कास्कीकाजनताको भावनाबुझेको छु । त्यो भावनाअनुरुपकेन्द्रमा सशक्तआवाज उठाउने कुरा, जनताको पक्षमाकानुननिर्माण गर्ने कुरा र विकृत राजनीतिलाई सहि ट्रयाकमा ल्याउने कुरामामेरो सधैं ध्यान केन्द्रितहुनेछ ।
निर्वाचित गरेर झनै नजिकहुने र यहाँकाजनताको भावनासंग अझै नजिकहुने अवसर मलाई प्रदान गर्नुहुनेछ’ उनले भने ।
गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) माप्रदेश सभासदस्यपदकाउम्मेदवार विन्दुकुमार थापाले समग्र गण्डकी प्रदेशको विकास र अझयसको राजधानीशहर पोखरालाई राजधानीकै रुपमाविकास गर्नका लागि धेरै गर्न बाँकी रहेको बताए ।
उनले कास्की २ (ख)काजनताले अघिल्लो निर्वाचनमादिएको मतको आफूले इमान्दारितापूर्वक सम्मान गरेको उनको भनाई छ । ‘यहाँहरुले अघिल्लो निर्वाचनमामलाई जुनविश्वासका साथ मत दिनुभयो । त्यो मतको सम्मान मैले इमान्दारितापूर्वक गरेको छु भन्ने लाग्छ । प्रदेशसभाको पहिलो कार्यकालमाप्रदेशलाई गति दिन ऐन कानूननिर्माणमा समय खर्चियौं, प्रदेशको नामकरण, राजधानीतोक्ने लगायतकाकामभएका छन् । ६१ व्टा भन्दा धेरै कानूननिर्माण भएका छन् । अब हामीले जोड दिने भनेको विकास र समृद्धिमै हो । त्यसकालागि फेरी एक पटक यहाँहरुको साथपाउने छु’ उनले भने ।
यसैबिच कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यपदकाउम्मेदवार श्रीनाथ बराल र २ (ख) का प्रदेशसभा सदस्यपदकाउम्मेदवार विन्दु थापाले पोखरा ४ मा रहेको गणेशमान सिंहको शालिकमामाल्यार्पण गरेका छन् । कांग्रेस र कम्युनिष्ट मिलेर २०४६ मा निरंकुशपञ्चायतका विरुद्ध गरेको आन्दोलनका कमाण्डर सिंहको शालिकमामाल्यार्पण गर्दै उनीहरु फेरी एक पटक कम्युनिष्ट र कांग्रेस एक भएर विकास र समृद्धि ल्याउनुपर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-