२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्याराग्लाइडिङ : गोल्ड मेडलिस्ट, स्व. निसिम थापा

प्याराग्लाइडिङ ः अभ्यास म्याच नै आधिकारिक

गण्डकी प्रेस
कार्तिक ३, २०७९ ११:५३ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
प्याराग्लाइडिङ : गोल्ड मेडलिस्ट, स्व. निसिम थापा
14
SHARES
Share on FacebookShare on Twitter


पोखरा रंगशालाभित्र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उभिइरहेको कस्तुरी मृगको मस्कट । प्रतियोगिताको अन्तिम दिन मंगलबार बिहान प्याराग्लाइडिङको पदक वितरण गरियो ।

नवौँ राष्ट्रिय खेलकुदमा खेलाडी गुमाउने खेल पनि यही बन्न पुग्यो ।

घटना नघटेको भए रंगशाला उल्लासले भरिन्थ्यो । तर, राष्ट्रिय प्रतियोगिताले एक होनहार राष्ट्रिय खेलाडी गुमाउन पुगेको छ । उनै प्याराग्लाइडिङका होनहार खेलाडी निसिम थापालाई सम्झिँदै प्याराग्लाइडिङका इभेन्ट सकिएका छन् ।

नेपाल आर्मीमा अनुबन्धित खेलाडी थापाले टिम क्रसकन्ट्रीमा रजत जिते । खेलाडी गुमाउनुको पीडालाई राज्यले थप सम्मान दिने निर्णय ग¥यो । प्याराग्लाइडिङका खेलाडी थापालाई सरकारले सम्मानस्वरुप गोल्ड मेडल दियो र २५ हजार नगद पनि दियो ।

उनको नाममा पोखरा रंगशालामा अर्धकदको शालिक बन्नेछ । बिमाको रकम बाहेक मन्त्रिपरिषद्बाट थप सहायताको लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए ।

निसिम थापा छैनन् । तर, खेलाडी, खेल र खेलप्रेमीले उनलाई बिर्सने छैनन् । उनै २९ वर्षीय थापा पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दिवंगत गोल्ड मेडलिष्ट बन्न पुगेका छन् ।

पुरस्कार थाप्न थापा थिएनन । उनका काका भेनिस थापाले निसिमको पदक लिए । नेपाल आर्मीको समूहले ब्यानरमा उनको रंगीन तस्वीरसहित लेख्यो, “उई विल मिस यु ….।”

मन्त्रीसहित राखेपका पदाधिकारीको समूह उनका परिवारलाई भेट्न गएको छ ।

 

पुरुषमा गण्डकी, महिलामा आर्मी विजयी

नवौं राष्ट्रिय खेलकुदका दौरान दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार असोज २८ गते गरिएको प्राक्टिस म्याचको नतिजालाई नै आधिकारिक नतिजा मानेर पुरस्कार वितरण गरिएको हो ।

क्रसकन्ट्री, टिम क्रसकन्ट्री र अक्युरेसी विधामा भएका खेलमा टिम र एकलतर्फ गण्डकी र विभागीय टिम नेपाली आर्मीले समान ३, ३ स्वर्ण जितेका छन् । जसअनुसार क्रमकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ । खेलाडी विजय गौतम, सुशिल गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टिमले कुल २७५० अंकसहित स्वर्ण पदक हात पारेको छ ।

विभागीय टिम आर्मीले क्रस कन्ट्रीमा रजत पदक जितेको छ । कुल २५५५.९ अंसहित आर्मीले रजत पदक जितेको हो । टिममा सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सहभागी थिए । सोही टिमका निसिम थापाको दुर्घटनाकै कारण असोज ३० गते मृत्यु भएको थियो ।

त्यस्तै, बागमती प्रदेश क्रसकन्ट्रीमा काँस्य पदक हात पारेको छ । काँस्य जितेको बागमती प्रदेशको टिममा कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी थिए । उनीहरुले कुल २१४८.३ अंक प्राप्त गरेको संघले जनाएको छ ।

 

व्यक्तिगत पुरुषतर्फ आर्मीलाई स्वर्ण

क्रसकन्ट्री विधाको व्यक्तिगततर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । आर्मीका सुरुज थापाले कुल १ सय अंकसहित स्वर्ण पदक हात पारेका हुन् ।

सोही स्पर्धामा गण्डकी प्रदेशका विजय गौतमले रजत पदक हात पारेका छन् । उनले कुल ९४८.६ अंक हात पारेका थिए । त्यस्तै, बागमतीका कृष्णबहादुर सुनुवारले कांस्य पदक जितेका छन् । उनले कुल ९२५.६ अंक प्राप्त गरेको नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले जानकारी दिए ।

 

प्याराग्लाइडिङ एक्युरेसी पुरुषतर्फ गण्डकीलाई स्वर्ण

प्याराग्लाइडिङकै एक्युरेसी विधाको समूह पुरुष स्पर्धामा गण्डकी प्रदेशले स्वर्ण पदक हात पारेको छ । गण्डकीका प्याराग्लाइडिङ खेलाडी सुमन थापा, सागर नेपाली, रिखी पोडे र नुरन थापाको टिमले कुल २३ अंकसहित स्वर्णपदक हात पारेका हुन् ।

त्यस्तै, विभागीय टिम एपीएफले रजत पदक अक्युरेसी टिम पुरुषतर्फ रजत पदक हात पारेको छ । संघका अनुसार पूर्वतयारी खेलमा अञ्जन कुँवर, रवीन्द्र ढकाल, विष्णु कार्की र अमन थापाको समूहले कुल ४० अंक प्राप्त गरेका थिए ।

सोही स्पर्धामा प्रदेश १ ले काँस्य पदक जितेको छ । प्रदेश नं. १ का रोशन बस्नेत, युवराज सुनुवार, दिलकुमार सुनुवार र विश्वास गुरुङको समूहले सामूहिक ४९ अंक प्राप्त गर्दै कांस्य पदक जितेका हुन् ।

 

प्याराग्लाइडिङ एक्युरेसी पुरुष व्यक्तिगततर्फ गण्डकी पहिलो

अक्युरेसी व्यक्तिगत पुरुष विधातर्फ गण्डकीले नै स्वर्ण पदक हात पारेको छ । गण्डकीका खेलाडी सुमन थापाले स्वर्ण, एपीएफका अञ्जन कुँवर रजत र नेपाल आर्मीका विष्णु तिमिल्सिना काँस्य पदक जितेका हुन् ।

व्यक्तिगत अक्युरेसीमा गण्डकीका थापा र विभागीय टिम नेपाल आर्मीका कुँवरले समान ३, ३ अंक ल्याएका थिए । दुवैको अंक बराबर भएपछि गोलाप्रथाबाट सुमनले स्वर्ण जितेको संघले जनाएको छ ।

 

प्याराग्लाडिङ टिम एक्युरेसी महिलामा आर्मी च्याम्पियन

महिला टिम अक्युरेसीतर्फ विभागीय टिम नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । नेपाल आर्मीका मुनामाया जिटी, दुर्गामाया गुरुङ र स्वस्तिका गुरुङको समूहले ४० अंकसहित राष्ट्रिय खेलकुदमा स्वर्ण पदक हात पारेका छन् ।

रजत पदक हात पारेको गण्डकीको महिला एक्युरेसी टिमले कुल ११३ अंक ल्याएको थियो । गण्डकीको टिममा ऋतु श्रेष्ठ, कृष्णु पौडेल र शर्मिला शर्मा सहभागी थिए ।

त्यस्तै, सोही स्पर्धामा रजत पदक प्रदेश नं. १ ले हात पारेको छ । प्रदेश १ का देवकी सुनुवार, अनुष्का सुनुवार, इश्का राई ले ८९० अंक प्राप्त गरेको संघले जनाएको छ ।

 

महिला एक्युरेसी व्यक्तिगत महिलातर्फ आर्मीले एकछत्र राज

महिला एक्युरेसी व्यक्तिगत महिलातर्फ आर्मीले एकछत्र राज गरेको छ । आर्मीका मुनामाया जिटी २० अंकसहित स्वर्ण पदक, दुर्गामाया गुरुङ २१ अंकसहित रजत, स्वस्तिका गुरुङ कांस्य ५४ अंक प्राप्त गरेका थिए ।

क्रसकन्ट्री अन्तर्गत प्रतिस्पर्धा भइरहेको बेला प्याराग्लाइडिङ टेकअफका क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका २५ वर्षीय निसिम थापाको मृत्यु भएको थियो । उडानका क्रममा दुर्घटनापश्चात दुर्घटना भएपछि नेपाल हवाइ खेलकुद संस्थानले देशैभरिको प्याराग्लाइडिङ उडान स्थगित गरेको छ ।

‘इन्टरनेस्नल प्राक्टिस नै के हुन्छ भने दुर्घटना वा मौसमका कारण गेम भएन भने प्राक्टिस वा जुन गेम भएको हुन्छ त्यहीअनुसार नै नतिजा दिनुपर्ने हुन्छ,’ महासचिव रावतले भने, ‘हाम्रो प्राक्टिस २८ गते भएकाले एक्युरेसीको त्यही नतिजा घोषणा भएको हो । क्रसकन्ट्रीमा भने एक चरणको गेम भएको थियो, त्यसैलाई आधिकारिक मान्यौं ।’

पुरस्कार वितरण नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा रंगशालामा गरिने भएको छ ।

पोखरा रंगशालामा निसिमको अर्धकदको शालिक राखिने

नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रंगशालामा अर्धकदको सालिक स्थापना गरिने भएको छ ।

बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।

प्याराग्लाइडिङ प्रतियोगिताका मुख्य निरीक्षक योगेश भट्टराईका अनुसार खेलकै क्रममा दुर्घटनामा मृत्यु भएका थापाको सम्मानमा मानार्थ स्वर्ण पदक दिइने भएको छ । गोखरा स्थायी घर भई हाल पोखरा–१० मा बस्दै आएका थापाको घरमै पुगेर पदक हस्तान्तरण गरिने उनले जानकारी दिए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद