कार्तिक २ पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत कबड्डी पुरुषतर्फ त्रिभूवन आर्मी क्लव र लुम्बिनीप्रदेश फाइनल प्रवेश गरेका छन् ।

बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले सुदुर पश्चिम प्रदेशलाई ३६ – २१ पोइन्टले पराजित गर्दै फाइनल प्रवेश गर्दा अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल प्रहरी क्लवलाई २७–१० पोइन्टले पराजितगर्दै फाइनलमा आर्मी सँगको भेट पक्का गरेको हो ।
फाइनल चरणमा प्रवेश गरेका आर्मी र लुम्बिनीले लिग चरणका खेलमा अपराजित रहँदै समुहविजेता घोषित भए ।
प्रतियोगिताम सुदुर पश्चिमप्रदेश र नेपाल प्रहरी क्लवले समान ३ जित र २ पराजय वेहोदै समुह उपविजेत ाबन्दै कास्यमा सिमित हुन पुगे ।
यस अघि,आज नै सम्पन्न भएको लिग चरणको अन्तिम खेलमा त्रिभूवन आर्मी क्लवले प्रदेश नम्वर १ लाई ३७ –११ पोइन्टले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्दासुदुरपश्चिम प्रदेशले लुम्बिनी प्रदेश सँग ४४–२६ पोइन्टले पराजित बेहारेपनि सेमिफाइनलमा यस अघिका प्रर्दशनका आधारमा सेमिफाइनमा स्थान बनाएको थियो भने नेपाल पुलिसले मंगलबारको खेलमा गण्डकी प्रदेशलाई ५८–५४ पोइन्टले पराजितगर्र्र्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
आज नै भएको लिग चरणको खेलमा मधेश प्रदेशले सशस्त्र प्रहरीलाई ४०–३७ पोइन्टले पराजित गरेपनिदुवै टिम बाहिरीन पुगे ।
यसअघि प्रतियोगितामा बाग्मती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश भने मंगलबारनै बाहिरी सकेका छन् ।
यस्तै, महिला कबड्डीतर्फ त्रिभूवनआर्मी क्लव र नेपालप्रहरी क्लवफाइनलप्रवेश गरिसकेका छन् ।
बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले लुम्बिनी प्रदेशलाई २३– ६ पोइन्टले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै अर्को विभागिय टोली नेपाल प्रहरी क्लवले सशस्त्र प्रहरी बललाई ३२– २९ पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
फाइनल चरणमा प्रवेश गरेका आर्मी र नेपाल प्रहरीले लिग चरणका खेलमा अपराजित रहँदै समुह विजेता घोषित भए ।
प्रतियोगितामा लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बलले समान ३ जित र २ पराजय वेहोर्दै समुह उपविजेता बन्दै कास्यमा सिमित हुन पुगे ।
प्रतियोगिता अन्र्तगत भोलि (बिहीबार) बिहान ८ बजे स्वर्ण र रजत पदकका लागि पुरुषतर्फ त्रिभूवन आर्मी क्लव र लुम्बिनी प्रदेश आम्ने साम्ने हुँदा महिला तर्फ त्रिभूवन आर्मी क्लव र नेपाल प्रहरी क्लव विच उपाधीका लागि प्रतिस्पर्धा हुनेछ ।
आर्मी यसअघि सातौं र आठौं राष्ट्रिय खेलकुदमा पुरुष तथा महिला कबड्डीको दुवैमा स्वर्ण विजेता हो ।
प्रतियोगितामा महिला तथा पुरुषमा गरि सात प्रदेश र ३ विभागिय गरि समान १० टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-