२०८२ फाल्गुन २५, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा २ सय ४८ पदक सहित आर्मी शिर्ष स्थानमा

गण्डकी प्रेस
कार्तिक २, २०७९ २०:३३ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा २ सय ४८ पदक सहित आर्मी शिर्ष स्थानमा
8
SHARES
Share on FacebookShare on Twitter


पोखरा । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ । हालसम्म ९ सय १६ पदकको छिनोफानो हुँदा आर्मीले ११४ स्वर्ण, ७६ रजत र ५८ कास्य पदक सहित कुल २४८ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४५ स्वर्ण, ४१ रजत र ४९ कास्यपदक सहित १३५ पदक जितेको छ।

अर्को विभागीय टिम एपीएफले ३७ स्वर्ण, ४३ रजत र ६६ काँस्य पदक सहित कुल १४६ पदक हात परेको छ । यसैगरी गण्डकी प्रदेशले २४ स्वर्ण, २३ रजत र ३९ कास्य पदक सहित ८६ पदक जित्दा बागमती प्रदेशले १९ स्वर्ण, ३३ रजत र ४३ कास्य सहित कुल ९५ पदक आफ्नो पोल्टामा पारेको छ ।

यता एनआरएनएले १० स्वर्ण, ७ रजत ६ कास्य सहित २३ पदक, सुदुर पश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २४ कास्य सहित ३६ पदक, प्रदेश १ ले ५ स्वर्ण २० रजत र ३४ कास्य सहित ५९ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र २० कास्य पदक सहित ३२ पदक जितेका छन्।
त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १५ रजत र २६ कास्य सहित ४४ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ९ कास्य पदक सहित १२ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तरगतका खेलहरु जारी रहेका छन् ।

भारत्तोलन नेपाल पुलिस १२ स्वर्णसहित च्याम्पियन

विभागीय नेपाल पुलिस क्लब १२ स्वर्ण जित्दै भारत्तोलन प्रतियोगितामा च्याम्पियन बनेको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत २० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा पुलिस सर्वाधिक १२ स्वर्ण र ७ रजत गरी कुल १९ पदक जित्दै च्याम्पियन बनेको हो ।
दोस्रो स्थानमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी रह्यो । आर्मीले ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक हात पा¥यो ।

सुदूरपश्चिमले ३ स्वर्ण र ३ कास्य जित्दा एपिएफले १ स्वर्ण, ६ रजत र २ कास्य भित्र्यायो । मधेश प्रदेशले १ रजत र ७ कास्य जित्यो ।
घरेलु टोली गण्डकी प्रदेश १ रजत र १ कास्यमा सीमित बन्यो । बागमती प्रदेशले १ रजत र लुम्बिनी प्रदेशले २ कास्य पदकमात्र जित्न सके ।
पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा विभागीय ३ र ७ वटा प्रदेश गरी १० टिमले भाग लिएका थिए । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका थिए । तीमध्ये महिला तथा पुरुषतर्फ १०/१० इभेन्टमा खेल भएको हो । भारत्तोलन नेपालका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक दिलाउने सम्भावित खेलभित्र पर्दछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवधिभर विभिन्न कीर्तिमानी समेत बने ।

बुधबार साँझ समापनमा विजेतालाई राखेप उपाध्यक्ष शिव कोइराला, नेपाल भारत्तोलन संघ अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस), पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवनकुमार प्रजापति लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसैबीच, अन्तिम दिन बुधबार ६ स्वर्णका लागि भएको प्रतियोगितामा पुलिसले थप ४ स्वर्ण जितेको हो । एपिएफले १ र सुदूरपश्चिमले १ स्वर्ण जिते ।
पहिलो खेल महिला ८७ केजी तौल समूहमा एपिएफकी नीशा बलालले स्वर्ण जितिन् । उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।

नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जितिन् भने नेपाल आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन् । उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाएकी हुन् ।
महिला ८७ केजी माथि नेपाल पुलिसकी विद्या राईले स्न्याचमा कीर्तिमान कायम गरिन् । ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् ।

स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गरेको रेफ्री सञ्जय महर्जनले जानकारी दिए । यस्तै, एपिएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कास्य जितिन् । शिखाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार बहन गरेकी हुन् भने गण्डकीलाई पहिलो कास्य दिलाउन सिन्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी भार उठाएकी हुन् । घरेलु टोली गण्डकीले यसअघि रजत जितेको थियो ।

पुरुष ९६ केजी तौल समूहमा नेपाल पुलिसका विशालसिंह बिष्टले क्लीन एण्ड जर्कमा राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण जिते । उनले स्न्याचमा १२० र क्लीन एण्ड जर्कमा १६१ गरी कुल २८१ तौल भार उठाउँदै स्वर्ण जितेका हुन् । एपिएफका तिलकबहादुर थापाले रजत जित्दा मधेश प्रदेशका संजय यादवले कास्य जिते ।

पुरुष १०२ केजी तौल समूहमा नेपाल पुलिसका सन्देश गुरुङले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जिते । उनले स्न्याचमा ११३ केजी भार उठाएका हुन् । उनले क्लीन एण्ड जर्कमा १३९ सहित कुल २५२ केजी भार उठाए । एपिएफका रणबहादुर नगरकोटीले स्न्याचमा ११२ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेकोमा लगत्तै सन्देशले १ केजी बढी भार बहन गर्दै भंग गरिदिएका हुन् । नगरकोटीले क्लीन एण्ड स्न्याचमा १३८ सहित कुल २५० केजी भार उठाउँदा कास्य जितेका मधेशका उज्ज्वलकुमार मिश्रले कुल १९४ भार उठाए । उनले स्न्याचमा ८४ र क्लीन एण्ड जर्कमा ११० केजी भार बहन गरेका हुन् ।

पुरुष १०९ केजी तौल समूहमा सुदूरपश्चिमका सुवास उपाध्यायले स्वर्ण जिते । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कमा १४० गरी कुल २५२ केजी भार बहन उठाउँदै स्वर्ण जितेका हुन् । नेपाल पुलिसका राजीव महर्जनले स्न्याचमा ११३ र क्लीन एण्ड जर्कमा १२५ गरी कुल २३८ केजी भार उठाउँदै रजत जिते । मधेशका एम.आशीक हुसेनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ११६ गरी कुल १९६ केजी भार बहन गरी कास्य जिते ।

यस्तै, पुरुष १०९ केजी माथि तौल समूहमा नेपाल पुलिसका सागर भण्डारीले स्वर्ण जिते । उनले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कम १३५ गरी कुल २५० केजी भार उठाए । आर्मीका पुकार गुरुङले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कमा १२० गरी २३५ केजी भार उठाउँदै रजत जिते । कास्य जितेका मधेशका प्रतापकुमार चौधरीले कुल १८५ भार उठाए । उनले स्न्याचमा ७५ र क्लीन एण्ड जर्कमा ११० केजी उठाएका हुन् ।

सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसका सेमिफाइनल खेल सम्पन्न

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधवार सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसका सेमिफाइनल खेलहरु सम्पन्न भएका छन् ।
पोखरा रंगशाला स्थित टेनिस कोर्टमा भएको उक्त प्रतियोगिता अन्र्तगत प्रदेश नं. १ ले लुम्बीनी प्रदेशलाई २–० को सोझो सेटले पराजित गरी फाइनल पुगेको हो ।

त्यस्तै अर्को खेलमा नेपाल पुलिसले वाग्मती प्रदेशलाई २–१ को सेटमा पराजित गरी फाइनलमा पुगेको छ । फाइनलमा पुगेका यि टोली बीच बिहीवार विहान ९ बजे स्वर्णका लागि प्रतिष्पर्धा हुने प्रमुख प्रशिक्षक दिषयन्त थापाले जानकारी दिए ।

जुडोः आर्मीले थप्यो ४ स्वर्ण, पुलिसले ३

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलको दोस्रो दिन नेपाल आर्मीले ४ स्वर्ण थपेको छ । ७ इभेन्टमा बुधबार नयाँ बजारको प्रदर्शनी केन्द्रमा खेल भएको थियो । दोस्रो दिनमा आर्मीले महिला पुरुषमा २/२ स्वर्ण जितेको हो । नेपाल पुलिस क्बलले ३ स्वर्ण जितेको छ । पुलिसका महिला खेलाडीले १ र पुरुष खेलाडीले २ स्वर्ण जितेका हुन् ।

८१ केजीमुनी तौल समुहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण जितेका छन् । नेपाल पुलिस क्बलका मधु रोका मगरले रजत प्राप्त गरे भने वाग्मती प्रदेशका सञ्जय महर्जन र सुदुरपश्चिम प्रदेशका योगेन्द्र विष्टले कास्य पदकमा चित्त बुझाएका हुन् । ९० केजीमुनी तौल समुहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण पदक जितेका छन् । नेपाल आर्मीका सुजन गुरुङले रजत पदक जित्दा मधेश प्रदेशका गुड्डुकुमार शाह कानु र सुदुपश्चिमका सुरेश गिरीले काँस्यमा चित्त बुझाए ।

१०० केजीमुनी तौल समुहमा आर्मीका रमेशबहादुर चन्दले स्वर्ण जितेका हुन् । उनीसँग फाइनलमा पराजित भएका मधेश प्रदेशका हिमान्शु गुप्ताले रजत पाए । नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश १ का निश्चल राईले काँस्य प्राप्त गर्न सफल भएका छन् ।
१०० केजीमाथी उमेर समुहमा नेपाल पुलिस क्बलका राजन जोशीले स्वर्ण पदक जितेका छन् । आर्मीका रन्जेश गोलेले रजत पदक जिते भने वाग्मतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजंग सिंहले काँस्यमा चित्त बुझाए ।

७० केजीमुनी तौल समुहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेकी छन् । पुनमसँग पराजित वाग्मती प्रदेशकी रञ्जना खड्काले रजत पदकमा चित्त बुझाइन् । नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश १ की सुमन्ता राईले काँस्य पदक प्राप्त गरेका छन् ।
७८ केजीमुनी तौल समुहमा नेपाल पुलिसकी दिपा गुरुङले स्वर्ण जित्दा आर्मीकी निर्मला घर्ती मगरले रजतमा चित्त बुझाइन् । लुम्बिनीका शुसिलाकुमारी चौधारी र सम्झना चौधरीले काँस्य जितेका छन् ।

७८ केजीमाथि उमेर समुहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण पदक हात पार्दा नेपाल पुलिसकी पुजा राजवंशीले रजत पदक जितिन् । नेपाल पुलिसकी भावना घर्ती मगर र वाग्मतीकी अस्मिता गोलेले काँस्यमा चित्त बुझाए ।

मंगलबार ७ स्वर्णको छिनोफानो भएकोमा आर्मीले ४ स्वर्ण जितेको थियो । नेपाल पुलिस क्लबका खेलाडीले आर्मीलाई पछ्याउदै ३ स्वर्ण पदक प्राप्त गरेका थिए । कुल ८ स्वर्ण जितेको आर्मी च्याम्पियन हुने निश्चित छ । किनकी अब विहीबार मिक्स टिम इभेन्टको एक खेल हुनेछ ।

हालसम्म नेपाल आर्मीले ८ स्वर्ण, ६ कास्य र ३ रजत पदक जितेको छ । पुलिसले ६ स्वर्ण, ३ रजत र ८ कास्य प्राप्त गरेको छ । वाग्मती प्रदेशले २ रजत र ६ कास्य जित्यो । लुम्बिनीले १ रजत र ३ कास्य जितेको छ । मधेशले १ रजत र २ कास्य जितेको छ । एपिएफले १ रजत, प्रदेश नम्बर १ र सुदुरपश्चिमले २/२ कास्य जित्दा कर्णाली र एनआरएनएले १/१ कास्यमा चित्त बुझायो । घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकीले हालसम्म खाता खोल्न सकेको छैन् ।

सम्बन्धित समाचार

धमाधम संकलन हुँदै मतपेटिका
प्रमुख समाचार

मुगुमा मतपेटिका संकलन हुँदै

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा
प्रमुख समाचार

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रञ्जु दर्शनाबाट विजयी सुरु
प्रमुख समाचार

रञ्जु दर्शनाबाट विजयी सुरु

धमाधम संकलन हुँदै मतपेटिका
प्रमुख समाचार

धमाधम संकलन हुँदै मतपेटिका

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत
प्रमुख समाचार

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता
प्रमुख समाचार

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

धमाधम संकलन हुँदै मतपेटिका

मुगुमा मतपेटिका संकलन हुँदै

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रञ्जु दर्शनाबाट विजयी सुरु

रञ्जु दर्शनाबाट विजयी सुरु

धमाधम संकलन हुँदै मतपेटिका

धमाधम संकलन हुँदै मतपेटिका

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोगमा निर्वाचन  आयोगको रोक

भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोगमा निर्वाचन  आयोगको रोक

एक्सपर्ट एजुकेशनको नयाँ शाखा अब विरौटामा

एक्सपर्ट एजुकेशनको नयाँ शाखा अब विरौटामा

पेस्तोलसहित १ पक्राउ

पेस्तोलसहित १ पक्राउ

चर्चित खबरहरु

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

धमाधम संकलन हुँदै मतपेटिका

मुगुमा मतपेटिका संकलन हुँदै

रञ्जु दर्शनाबाट विजयी सुरु

रञ्जु दर्शनाबाट विजयी सुरु

अभियानकप भलिबल ःशुक्रवार चार खेल सम्पन्न

अभियानकप भलिबल ःशुक्रवार चार खेल सम्पन्न

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

३० वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

७ लाख ४९ हजार नयाँ मतदाता थपिए

७ लाख ४९ हजार नयाँ मतदाता थपिए

धमाधम संकलन हुँदै मतपेटिका

धमाधम संकलन हुँदै मतपेटिका

कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने

कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने