पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ दुर्घटनाहुँदा खेलाडी निशिम थापाको निधन भएको छ ।
आइतबार विहान उडानको केही समय पछि नै उनी दुर्घटनामा परेका हुन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २८ वर्षिय निशिम पोखरा सराङकोटबाट उडान भरेका थिए । प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रिको खेल जारी रहेको थियो ।
“उडान लगतै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’भयो,” एक प्रत्यक्षदर्शीले भने–“उनी सोझै पोखरा १८ सराङकोट स्थित एक निर्माणाधिन भवनमा खस्न पुगे । जहाँ उनको निधन भयो ।”
लामो समय देखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागि निशिम पोखरा १० मा बस्छन् । उनको घर भने गोरखा पालुङटार हो ।उनी प्याराग्लाइडिङ खेलाडीहको छाता संस्थाएफए आईका कम्पिटिशन वरियता प्राप्त खेलाडी समेत हुन् ।
अहिले उनको शव पोखरा ८ सृजनाचोक स्थित मेट्रो अस्पतालमा रहेको छ । उनको निधन संगै आजहुने भनिएका प्याराग्लाइडिङ तर्फका सबै खेलहरु रद्ध भएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-