पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार फेन्सिङको पुरुष टिम फोयलमा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्ण पदक जितेको हो ।
बागमतीको यो फेन्सिङ तेस्रो स्वर्ण पदक समेत हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदुर पश्चिम र प्रदेश नं १ ले कास्य पदक प्राप्त गरेका छन् ।
महिला ईपी टिम इभेण्टको स्वर्ण नेपाली सेनाले जितेको छ । सेनाले सशसस्त्र प्रहरी बलका खेलाडीलाई पन्छाउँदै स्वर्ण जिते । सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदुर पश्चिमले कास्य पदक जिते ।
महिला सेबर टिम इभेन्ट प्रतिस्पर्धामा बागमतीले स्वर्ण, नेपाली सेनाले रजत र सशस्त्र प्रहरी तथा प्रदेश १ ले कास्य पदक जिते ।
फेन्सिङको अंक तालिका अनुसार बागमती प्रदेश र्शिष स्थानमा उक्लेको छ । बागमतीले ४ स्वर्ण, एक रजत सहित ५ पदक प्राप्त गरेको छ । त्यसै गरी आर्मीले ३ स्वर्ण, ५ रजत र ६ कास्य सहित १४ पदक प्राप्त गरेको छ ।
शसस्त्र प्रहरी १ स्वर्ण, ३ रजत र ६ कास्य सहित १० पदका साथ तेस्रो स्थानमा छ । सुदुरपश्चिम प्रदेशले १ स्वर्ण २ कास्य सहित ३ पदक जितेको छ । त्यसै गरी प्रदेश १ ले ३ कास्य सहित पाँचौ स्थानमा रहेको छ । त्यसै गरी गण्डकी प्रदेशले १ कास्य पदक प्राप्त गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-