पर्वत । पैयुँ गाउँपालिका ६ साधने बस्ने २१ वर्षीय बम क्षेत्रीलाई अवैध एक नाले भरुवा बन्दुक १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरीले उनकै घर कोठाबाट लुकाई राखिएको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-