पोखरा । यस बर्षको बडा दशै नजिकिएसँगै पोखरामा भेडा च्याङ्ग्रा भित्रीने र किनबेच हुने क्रमबढ्दैगएको छ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्कीका डा. अनन्त कोइराला, डा. भरत रेग्मी र ढाकाराम पौडेल सहित प्राबिधिकटेलीले पोखरामा बिभिन्न ठाँउबाट भित्रिएका १३ वटा भेडारच्याङ्ग्राको बथान जसमा १ हजार २४२ वटा भेडारच्याङ्ग्राको रहेका र उक्त हर्डहरुको हेल्थ मनिटरीङ रभित्रन सक्ने सम्भावित रोगहरुको जोखिमलाई मध्यनजर गर्दै केही रोगि जस्ता देखिने भेडारच्याङ्ग्राको नमुना सँकलन गरियो ।
गत बर्ष मुस्ताङबाट भेडा च्याङ्ग्रा धेरै आउने गरेकोमा यस बर्ष चाही उत्तरी नाका बन्द भएर होला मुस्ताङबाट भेडा च्याङ्ग्रा आईसकेको पाईएन भने केही चाहिँ आउदै गरेको भन्ने जानकारी प्राप्त भयो । उच्च हिमाली भेगमा चर्ने भएकाले पोखरामा भेडा च्याङ्ग्राको माग उच्च रहेको छ ।
उच्च हिमाली भेगमा चर्ने यस्ता भेडा च्याङ्ग्राको मासु स्वादिलो हुनुका साथै यिनिहरु चर्दा जडिबुटी खाने भएको हुँदा स्वास्थको हिसाबले पनि लाभदायकहुने उपभोक्तामा विश्वास रही आएको डाक्टर भरत रेग्मीले जानकारी दिए ।
चेकजाँचको क्रममा सबै भेडा च्याङ्ग्राहरुको सम्बन्धित जिल्लमै भेटेरीनरी डाक्टरले स्वास्थ्य परिक्षण गरी स्वास्थ्य प्रमाण पत्र जारि गरीएको पाईयो । त्यस्तै यिनिहरुलाई लाग्ने परजिविबिरुद्को ओषधि र पि पि आर रोग बिरुद्दको खोप पनि लगाईएको रेग्मीले बताए ।
लामो दुरीबाट यात्रा गरी ल्यईयको भएर होला यहाँ ५ वटा बिरामी जस्तो र उच्च ज्वरो भएको पाईयो भने १३ वटा घाइते भएको पाईयो । गाडिमा चडाउँदा झार्दा लडेर चोटपटक लागेका र दुखाई अनुभव गरेका अक्त भेडाच्याङ्ग्राहरुलाई दुखाई कम हुने सुईहरु लगाईयो र बथानबाट छुट्टै राखेर आराम गराउन सुझाब दिईयो ।
पशु चिकित्सक डा अनन्त कोइराका अनुसार बिरामी जस्ता देखिनेको २० वटाको नमुना लिईएको र प्रयोगशालमा परिक्षण पश्चात उक्त नतिजा थाहा हुने कुरा जानकारी गराउनुभयो ।
भेडा च्याङ्ग्रा १५ देखि ६० के जि सम्म जिउँदो तौल भएको भेटीयो भने बजार मुल्य २० देखि ५६ हजार सम्म पाईयो । च्याङ्ग्राको तुलनामा भेडा सस्तो पाईयो। सोही तौलको भेडाको बजार मुल्य ११ देखि ४८ हजार पाईयो ।
पशु चिकित्सक डा अनन्त कोइरलका अनुसार हाल उत्तरी नाका बन्द रहेको र मुस्ताङको भेडा च्याङ्ग्रा पनि पोखराको बजारमा आईनपुगेको हुँदा बजार मुल्य पोहोरको तुलनामा केहि बढि छ तर बजारमा आईपुगेका अधिकाँङ्श भेडा च्याङ्ग्रा स्वस्थकार रहेको हुँदा ढुक्क साथ उपभोग गर्न उपभोक्तालाई अनुरोध गर्नुहुन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-