पोखरा । आयेजना भकुण्डे युवा मञ्चले आयोजना गरेको दोस्रो भकुण्डे तीज मेला २०७९मा तिजगित प्रतियोगितामा नयाँबस्ती आमा समूह घाँटी छिना र नृत्य तर्फ अंकिता गुरुङको समूह पहिलो भएको छन् ।
तिज गितमा पहिलो हुनेले १० हजार र नृत्यमा पहिलो हुनेले ६ हजार रुपैयाँ सहित प्रमाणपत्र सिल जितेका छन् । तिजगित प्रतियोगिता दोस्रो थापा दिदि बहिनी समूह भकुण्डे र तेस्रो मिलन आमा समूह भकुण्डे भएका छन् । दोस्रोले ७ हजार र तेस्रोले ४ हजार रुपैयाँ प्रमाणपत्र पाएका छन् ।
नृत्य तर्फ प्रथम अंकित गरुङको समूह, दोस्रो सजिना सुनारको समुह र तेस्रो बिपना थापाको समूह भएको छ । दोस्रोले ४ हजार र तेस्रोले २ हजार सहित प्रमाापत्र पाएका छन् ।
कार्यक्रममा पोखरा १८ का वडाध्यक्ष शिव प्रसाद तिमिल्सिना, नेपाली काँग्रेस प्रदेश सदस्य सुर्य बहादुर खड्का, नेकपा एमाले प्रदेश सदस्य मित्रमणी तिमिल्सिना, एकिकृत समाजवादीका जिल्ला सदस्य राजेन्द्र अधिकारी, समाजसेवी रत्न प्रसाद तिमिल्सिना, भकुण्डे टोल विकास संस्स्थाका अध्यक्ष बुद्धि खड्का, वडा सदस्य मिना नेपाली, स्थानिय बेल बहादुर थापा लगायतले कार्याक्रममा भनाइ राखेका थिए ।
प्रतियोगिताका निर्णयक बन्द्री पराजुली, सुरेश थापा, कृष्ण भट्टराइ, शोभा श्रेष्ठ रहेका छन् । भकुण्डे युवा मञ्च अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा कार्याक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-