२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मुस्ताङीका समस्या बुझ्दै मुख्य मन्त्री पोखरेल

संघीयता संस्थागत गर्न महत्वपूर्ण कामभएका छन् ः मुख्यमन्त्रीपोखरेल

गण्डकी प्रेस
भदौ ११, २०७९ १८:१९ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
मुस्ताङीका समस्या बुझ्दै मुख्य  मन्त्री पोखरेल
13
SHARES
Share on FacebookShare on Twitter

जोमसोम(मुस्ताङ), १० भदौ । गण्डकी प्रदेशकामुख्यमन्त्री कृष्णचन्द्र नेपालीपोखरेलले संघीयता कार्यान्वयकाक्रममा गण्डकी प्रदेश सरकारले उल्लेखनीयउपलब्धिहासिल गरेको बताएका छन् । मुस्ताङ जिल्लाबाट निर्वाचितजनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयकाप्रमुख, अन्य संघ संस्थाकाप्रमुखहरुसँगको अन्तक्रियाकाक्रममाउनले उक्त कुरा बताएकाहुन् ।

सिमित स्रोत, साधन र जनशक्तिभएपनि बाटोघाटो, पुलपुलेसा निर्माण, उज्यालो प्रदेश कार्यक्रमदेखि एक घर एक धारा जस्ता नमुना कार्यक्रमहरु सञ्चालन गरी अधिकांशलाई सफल बताएको उनले दाबी गरे । मुख्यमन्त्री पोखरेलले भने, झट्ट हेर्दा प्रदेशले के कामग¥यो भन्ने जस्तो लाग्ला, संघीयतालाई संस्थागत बनाउन जगदेखि नै काम थाल्नु कम चुनौतीपूर्ण थिएन, तै पनि हामीले सक्दो काम गरेका छौं ।
पूर्वाधार मात्र नभएर सामाजिक क्षेत्रमा समेत प्रदेश सरकारले उल्लेखनीय काम गरेको भन्दै उनले काम गर्ने क्रममा भएका गल्ती कमजोरीलाई लिएर शासन व्यवस्था माथि नै प्रश्न उठाउने बेला नभएको भनाइ राखे ।
अन्तक्र्रियामा सहभागीका प्रस्तुति र जिज्ञाशा सुनेपछि उनले शासनव्यवस्थालाई सुदृढ पार्दै नागरिकका अपेक्षा पूरा गर्न आफूले बिनापूर्वाग्रहकार्यसम्पादनगर्दै आएको बताए ।

राजनीतिक घटनाक्रमले आफू मुख्यमन्त्रीको पदमा आएको भन्दै उनले पोहोर ल्याएको बजेटमा धेरै क्रमागत योजना काट्नुपर्ने वाध्यकारी अवस्थाआफूसँग रहेको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, अघिल्लो वर्षमा क्रमागत योजना काटिएकै हुन । अघिल्लो सरकारले धेरै बहुवर्षे योजना राखेका कारण बजेट पुगेन, त्यसको मारमा क्रमागत योजना परेका हुन् ।
योजना बैंक नभएका कारण यी समस्याआएको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेश नीतितथा योजनाआयोगले यसमा काम गरिरहेको जानकारी गराए । उनले भने, योजना बैंकमा भएका योजनालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जाने हो भने योजना कटौतीमा परे भन्ने गुनासो सुन्नु पर्दैन ।
गुनासो नआउने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशनदिँदै उनले कर्मचारीलाई सक्षम बनाउनकै प्रदेश प्रशिक्षण प्रतिष्ठानले कामगर्दै आएको समेत बताए । संघ सरकारलाई कुरेर बस्दा ढिलाइ भएको भन्दै उनले प्रदेश निजामती कर्मचारी विधेयक र स्थानीय तहकर्मचारी विधेयकअध्यादेशबाट ल्याउन लागिएको जानकारी गराए । केन्द्रीकृत मानसिकता नै संघीयता कार्यान्वयनको वाधकबनेको उनको गुनासो थियो ।
कोरोलात्रिवेणी सडक प्रदेशकै लाइफलाइन रहे पनि ठेकेदारको लापरवाहीका कारण म्याग्दी र मुस्ताङ खण्डको कामअलपत्र परेकामा प्रदेश सरकारको ध्यानाकर्षणभएको मुख्यमन्त्री पोखरेलले बताए । उतादुम्कीवास त्रिवेणी खण्डको सडकमा ट्याक खुलाउन चितवन राष्ट्रिय निकुन्जको अवरोध बनेको उनको भनाइ थियो । उत्तरतर्फको नाका सञ्चालनका लागि प्रदेशले संघ सरकारलाई ध्यानाकर्षण गर्दै आइरहेको उनले बताए ।
कार्यक्रममा आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले प्रदेशले आफ्नो क्षमताअनुसार प्रहरीलाई स्रोत साधन सम्पन्न गराउनका लागि प्रयत्नरत रहेको भनाइ राखे । विपद व्यस्थापनका क्षेत्रमा समेत प्रदेशले सक्दो काम गर्दै आएको भन्दै मन्त्री विश्वकर्माले राहत तथा उद्धारका लागि जिल्ला प्रशासनसँग समन्वय भइरहेको बताए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले गण्डकीका ५ जिल्लामा कार्यक्षेत्र बनाएर कामगर्दै आएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) र पालिका बीच नीतिगत विषयहरु बाझिएको भन्दै यो अवस्थाको अन्त्यहुनुपर्ने भनाइ राखे । मुस्ताङमा जग्गा नापी हुन नसक्दा धेरै नागरिक समस्या परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । पोखरा मुस्ताङ उडानमा धेरै समस्या रहेको भन्दै यसका बारेमा समेत आफूले नागरिक उड्डयन कार्यालयमा ध्यानाकर्षण गराएको उनले बताए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव रामप्रसाद आचार्यले जुनतहमा रहेर काम गरे पनि समन्वयात्मक रुपमा कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन । साउन भदौमा गरेका तयारीले आगामी दिनमा बजेट खर्च र कार्यक्रम प्रभावकारी रुपमा गर्नका लागि मार्ग प्रशस्त गर्ने उनको भनाइथियो । सामाजिक, पर्यटन कार्यालयमा सम्बन्धित विषयभन्दा फरक प्रकृतिका योजना पर्दा त्यो काम हुन नसक्ने गुनासो आएको भन्दै उनले प्रदेश सरकारको ध्यानाकर्षएण भएको भनाइ राखे ।

उक्तअवसरमा मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ढकालले जिल्लाको बस्तु स्थितिका बारेमा प्रस्तुति राखेका थिए । उनले भौगोलिक विकट भएपनि धार्मिक र पर्यटकीय महत्वको जिल्ला मुस्ताङमा शान्ति सुरक्षाको अवस्था सामान्य नै रहेको बताए ।
काली गण्डकीको कटान, बाढी पहिरो, आगलागी र बेनी जोमसोम खण्डको काम पूरा नहुनुजस्ता समस्याले मुस्ताङवासी आक्रान्त भएको भनाइ उनले राखे । कर्मचारीको अभाव, सुरक्षाकर्मीको अभावले योजनाहरु समयमै सम्पन्न हुन नसक्ने अवस्था विद्यमान रहेको सहायक प्रजिअ ढकालले बताए । जिल्लामा २ वटा दमकल अनि पालिकाहरुमा एम्बुलेन्सको आवश्यकता रहेको उनले सुनाए ।

कार्यक्रममा प्रहरी प्रमुख डिएसपी रवीन्द्र पौडेलले सवारी साधनको कमी र हिमाली भेगमा प्रहरी कर्मचारीलाई प्रोत्साहन भत्ता कम भएको गुनासो गरे ।
उक्तअवसरमा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष, जिल्ला समन्वय समिति उपसंयोजक आइतलाल थकालीले स्थानीयतहले भोग्नुपरेका समस्याका बारेमा सुनाए ।

कोष तथा लेखानियन्त्रक डालेश्वर अर्याल, पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख विवेक सिग्देल, कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बास्ताकोटी, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालय प्रमुख मोहनराज आचार्य, नागरिक समाज संयोजक चन्द्रबहादुर थकाली लगायतले भनाइ राखेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्यद्वय विष्णुप्रसाद लामिछाने, महेन्द्र थकाली, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल सहित सहभागी थिए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद