बाँके । जानकी गाउँपालिका ६ पिप्रहवा बस्ने घनश्याम लोनियाको छोरा १४ वर्षीय शिब लोनियाको दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय सुकलाल लोनियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका ७ स्थित रजगरुवा जंगलमा दाउरा काट्न गएको अवस्थामा पिप्रहवा बस्ने सुकलाल, सोही ठाउँ बस्ने ३६ वर्षीय भोजु लोनिया र २६ वर्षीय पप्पु लोनियाले निज शिबलाई दाउराको चिर्पटले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले घटनामा संलग्न सुकलाललाई नेपालगंज उपमहानगरपालिका १० चारबाहिनी चोकमा फेला पारी पक्राउ गरेको हो ।
घटनामा संलग्न हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-