काठमाडौं । काठमाडौं महानगरपालिका २६ कपुरधारास्थित सार्वजनिक यात्रु प्रतिक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु २ केजी सहित काठमाडौं महानगरपालिका ७ चावहिल बस्ने धादिङ धुनिवेशी नगरपालिका ९ घर भएका २३ वर्षीय विजय तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा दुर्लभ वन्यजन्तुको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त परिमाणको खपेटा फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-