काठमाडौं । प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आज (साउन २२ गते) देखि दल दर्ता सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता गर्न सकिनेछ । आयोगका अनुसार २०७९ साउन १९ गतेसम्म दर्ता भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दर्ता हुन पाउने छन् ।

दल दर्ता गर्न काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय समयभित्र जानुपर्ने छ । सरकारले मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-