काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले महंगी र भ्रष्टाचारविरुद्ध तीन दिने हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ। दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमालेले त्यसविरुद्ध हस्ताक्षर अभियान गर्ने भएको हो।
एमाले काठमाडौंको अगुवाइमा १३८ वटै शाखाको सक्रियतामा यहि साउन २०, २१ र २२ गते हस्ताक्षर अभियान थाल्ने एमालेले जनाएको छ। ुअति बढ्यो महंगी र भ्रष्टाचार, जनताको हैन माफियाको सरकारु भन्ने नारासहित सुरु हुने हस्ताक्षर अभियानमा भाग लिन आम नेपाली नागरिकहरुलाई आग्रह गरेको छ।
नेकपा एमाले निकट भ्रातृ संगठन अनेरास्ववियुले बुधबार नेपाल आयाल निगमको कार्यालय समेत घेराउ गरेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-