काठमाडौँ । करका दर हेरफेर प्रकरणको छानबिन गर्न बनेको संसदीय विशेष समितिले फरेन्सिक विज्ञसँग छलफल गर्दैछ । सिंहदरबारमा अहिले बसिरहेको संसदीय विशेष समितिले बजेट घोषणाको अघिल्लो दिन ९जेठ १४ गते०को अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिकभर रिपोर्टका सन्दर्भमा विज्ञहरूसँग छलफल गरिरहेको हो ।
नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट प्राप्त रिकभर रिपोर्टका सन्दर्भमा समितिले अहिले विज्ञहरूसँग छलफल गर्न लागेको हो । समितिमा छलफलका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालाका २ जना विज्ञहरू पनि बैठकमा सहभागी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-