२०७९ साउन २४, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्पोर्टस् अवार्डलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्ने

पोखरा स्पोर्टस् अवार्डको २०७८ को समिक्षा सम्पन्न

गण्डकी प्रेस
साउन ७, २०७९ १७:२२ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
स्पोर्टस् अवार्डलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्ने
3
SHARES
Share on FacebookShare on Twitter


पोखरा ७ साउन । छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्डको समिक्षा कार्यक्रम कास्कीको धम्पुसमा सम्पन्न भएको छ । समिक्षा कार्यक्रमका सहभागीले गण्डकी प्रदेशको ब्राण्ड बनिसकेको पोखरा स्पोर्टस् अवार्डलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा जोड दिएका छन् । अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको भएपनि निरन्तरतामा चुनौती भने रहेको उनीहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले अवार्ड निरन्तरतामा चुनौती देखिएपनि अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको बताए । आगामी दिनका अवार्ड कार्यक्रमलाई भव्य बनाउन मञ्चमा आवद्ध सम्पूर्ण सदस्यबिच एकताको भावना हुनुपर्नेमा उनको जोड थियो ।

मञ्चका निवर्तमान अध्यक्ष एकराज गिरीले अवार्ड सम्पन्न गर्न सूरुवातका संस्करणमा गाह्रो भएपनि अब भने सजिलो हुँदै गएको दावी गरे । मञ्चले गर्ने कार्यक्रम प्रदेशका सबै पालिकामा पु¥याउन सके आर्थिक रुपमा मञ्चलाई सजिलो हुने उनको भनाई थियो ।

मञ्चका सल्लाहकार रञ्जन अधिकारीले अवार्ड कार्यक्रम थप आर्कषक बनाउन पर्याप्त तयारी हुनुपर्ने बताए । काम गर्ने क्रममा जस र अपजस दुवै हुने भन्दै सबै मिलेर काम गरेको खण्डमा कार्यक्रमको आर्कषक बढ्ने भनाई राखे ।

खेलाडी छनोट समितिका सह–संयोजक तथा अवार्ड कार्यक्रमका संस्थापक सन्देश श्रेष्ठले छोटो समयमा पनि उत्कृष्ट कार्यक्रम सहित अवार्ड सम्पन्न भएको भन्दै खुशी व्यक्त गरे । बजेटको सुनिश्चितता नहुँदा समस्या भएपनि आगामी वर्ष सहज हुने उनको विश्वास थियो । अवार्ड कार्यक्रम ब्राण्ड बनिसकेको भएपनि अब यसलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा उनको जोड थियो ।

नेपाल पत्रकार मञ्च गण्डकीका महासचिव गोविन्द सुवेदीले विटगत पत्रकारितामा खेलकुद पत्रकार मञ्च गण्डकी गौरव गर्न लायक संस्था भएको बताए । मञ्चले गरेका राम्रो कामको सिको अरु संस्थाले पनि गर्नुपर्ने उनले बताए । समिक्षा कार्यक्रमको आयोजना गरेर मञ्चले सातौं सस्करणको अवार्ड कार्यक्रमको तयारी सुरु गरेको भन्दै उनले प्रशंसा गरे ।

नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले अवार्ड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताए । उद्धेश्य अनुसारनै अवार्ड कार्यक्रम अगाडि बढिरहेको उनले बताए । कार्यक्रम गर्दा केही कमिकमजोरी हुने भएकोले त्यस्ता कमजोरी सुर्धादै जानुपर्नेमा उनको जोड थियो । अवार्ड कार्यक्रमको निरन्तरतामा चुनौती भने भएको उनले प्रष्ट पारे ।

मञ्चका अध्यक्ष दीननाथ बरालले बजेटको सुनिश्चितता नहुँदा नहुँदै पनि कार्यक्रम आयोजना गर्नु चुनौतीपूर्ण भएको बताए । यति हुँदाहुँदै पनि सबैको साथ सर्पोटका कारण अवार्ड कार्यक्रम सफल भएको उनको भनाई थियो । बजेटको सुनिश्चिचता भइसकेकोले अबको वर्ष भने सहज हुने उनको विश्वास छ ।

यो वर्ष विभिन्न कारणले असार मसान्तमा अवार्ड कार्यक्रम सम्पन्न गर्नुपरेपनि आगामी वर्षको सातौ संस्करणको पोखरा स्पोर्टस् अवार्ड भने बैशाख महिनामा आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए । समिक्षा कार्यक्रममा प्राप्त सुझाबलाई ध्यान दिएर आगामी कार्यक्रमलाई थप परिमार्जित परिस्कृत गरिने उनले जनाए । अवार्ड कार्यक्रमलाई भव्य बनाउन सघाउने सबैलाई उनले आभार व्यक्त गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी कुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर, कार्यसमिति सदस्यहरु राजु गिरी, नारायण शाही, दीपक राज मुल्मी सहित मञ्चमा आवद्ध पत्रकारहरु दीपक परियार, गणेश बराल, रोसन अधिकारी, गौरव त्रिपाठी, रोहितराज पराजुली, दीपक गोदार, इन्द्र पौडेल लगायतले स्पोर्टस् अवार्डसँग सम्बन्धित विभिन्न पक्षको बारेमा आफ्नो भनाई तथा सुझाब राखेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव राजाराम पौडेलले गरेका थिए । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित समाचार

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
प्रमुख समाचार

१५ जना नायब सुब्बा पक्राउ

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार
प्रमुख समाचार

मंसिरमा हुने चुनावका लागि ७५१ वटा सवारीसाधन खरिदको प्रस्ताव

तीन राजनीतिक दलको दल दर्ता खारेज
प्रमुख समाचार

मंसिर ४ गते हुने निर्वाचनकालागि दल दर्ता सुरु

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत
प्रमुख समाचार

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

नेकपा एमाले जेठ २ मा फर्किने
प्रमुख समाचार

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको तीनदिने हस्ताक्षर अभियान चलाउने

पाकिस्तानमा भुकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु
प्रमुख समाचार

भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

१५ जना नायब सुब्बा पक्राउ

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार

मंसिरमा हुने चुनावका लागि ७५१ वटा सवारीसाधन खरिदको प्रस्ताव

तीन राजनीतिक दलको दल दर्ता खारेज

मंसिर ४ गते हुने निर्वाचनकालागि दल दर्ता सुरु

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा कास्की प्रहरी प्रमुखलाई स्वागत

नेकपा एमाले जेठ २ मा फर्किने

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको तीनदिने हस्ताक्षर अभियान चलाउने

पाकिस्तानमा भुकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु

भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प

२४ घण्टामा थप ९६८ जनामा कोरोना  पुष्टि

पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु, ५७७ जनामा कोरोना सङ्क्रमण पुष्टि

ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनोट

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने

चर्चित खबरहरु

युवा फोर्स नेपालले ३३ का वडाध्यक्षको राजिनामा माग

युवा फोर्स नेपालले ३३ का वडाध्यक्षको राजिनामा माग

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

११ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक यस्तो छ मत परिणाम

११ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक यस्तो छ मत परिणाम

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार

अन्नपूर्ण गाउँपालिका एमालेको विजयी

एमाले २३ मिश्रित आएपछी : राम्रो काममा सघाइन्छ नत्र भने भगाइन्छ

मादी गाउँपालिका : अध्यक्ष गठबन्धन उपाध्यक्ष एमाले

बालेन पुगे मतगणना स्थल

काठमाडौं : १७ सय भन्दा धेरैले बालेन अगाडि

स्याङ्जाका सुमित बिक र असिम बिक गाँजा सहित पक्राउ

पोखरामा गाँजा सहित बुद्धिमान नेपाली पक्राउ

एसईईको तालिका सार्वजनिक (तालिकासहित)

एसईईको तालिका सार्वजनिक (तालिकासहित)

स्थानीय तहको चुनावमा यस्तो हुन्छ सुरक्षा घेरा

३० गते हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका तयार