बजेट निर्माणमा अनाधिकृत र बाहिरका व्यक्तिलाई प्रवेश गराएको आरोप खेपिरहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले भित्र को छिर्यो रु को छिरेन भन्ने कुरा सुरक्षाकर्मी र मर्यादापालकलाई पनि थाहा हुनुपर्ने बयान दिएका छन् । संसदीय छानविन समितिको बैठकमा बयान दिँदै उनले यदि आफूमाथि विश्वास नलागे सुरक्षाकर्मी र मर्यादापालकलाई पनि सोध्न आग्रह गरेका छन् ।
उनले सिसिटिभीले कति काम गर्ने, कहिलेसम्म काम गर्ने भन्ने विषय आफूलाई थाहा नभएकाले विज्ञलाई सोध्न आग्रह गरे । त्यस्तै उनले सोहि रात कोहि अनाधिकृत व्यक्तिलाई प्रवेश नगराएको दाबी गर्दै कसैलाई पोस्ने काम आफूबाट नभएको र नहुने जिकिर गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-