पोखरा । विद्रोही समूह नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृसंगठन राष्ट्रिय युवा फोर्स नेपालले पोखरा महानगरपालिका ३३ का वडाध्यक्षलाई राजिनामा दिनको लागि चेतावनी दिएको छ ।
वडा अध्यक्ष रामचन्द्र अधिकारीको डिजाइनमा पोखरा ३३ दुई पिप्लेम मा रहेका अव्यवस्थीत वसोवास, सुकुमबासीको घर टहरा भक्काएर अमानविय व्यवहार गरेको युवा फोर्स नेपालको विज्ञप्तीमा उल्लेख गरेको छ ।
घर टहरा भत्तकाउने क्रममा स्थानियमाथी ज्यादती गरेको, बालबालिकामाथी हातपात गरेको, घर टहरामा भएको अन्नपात आफैले लगेको लगाययतको आरोप वडाध्यक्ष माथी छ ।
यता पोखरा महानगरपालिकाल भने प्रयोजित रुपमा नक्कली सुकुमबासी रातरात खडा गरेको कारण उक्त घर उक्त घर टहरा हटाएको भन्दै विज्ञप्ती जारी गरेको छ । हटाइएको ठाउँमा कोही पनि सुकुमबासी नभएको माहानगरपालिकाको दावी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-