कास्की । पोखरा महानगरपालिका १७ दोबिल्लास्थित फुस्रे खोलामा डुबेर सोही महानगरपालिका १४ काजीपोखरी बस्ने नवलपरासी बर्दघाट घर भएका २४ वर्षीय बिमल गुरुङ भन्ने विवेक गुरुङको मंगलबार दिउँसो मृत्यु भएको छ ।
उक्त खोलामा पौडी खेल्ने क्रममा बगाएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा सोही खोला नजिक उनको शव फेला पारेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-