तनहुँ । व्यास नगरपालिका २ गणेशमान चोकस्थित लोकप्रिय स्वास्थ्य क्लिनिक प्रालिबाट नगद १ लाख ३५ हजार रूपैयाँ चोरी गरेको अभियोगमा भानु नगरपालिका १ नयाबस्ती बस्ने २० वर्षीय सुजन परियारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त प्रालिबाट गत असार ३२ गते राति सटर फोडी पसलभित्र काउन्टरमा रहेको उक्त नगद चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा सीसीटिभी फुटेजको आधारमा खोजी गर्दै जाँदा परियारलाई आइतबार राति पुनस् क्लिनिक तोडफोड गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत तनहुँबाट १० दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-