काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यस्तै तेजावी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । बिहिबार प्रतितोलामा एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३५ रुपैयाँले घटेर एक हजार १४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-