काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको छ। बिहीबार एकैदिन २६० जनामा संक्रमण पुष्टि भएको छ। बुधबार २०६ जना संक्रमित थपिएका थिए।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका ३८४४ नमूनामध्ये २६० नमूनाको पोजिटिभ रिपोर्ट आएको हो। मन्त्रालयका अनुसार २०२७ नमूनाको पीसीआर र १८१७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट २१४ र एन्टिजेनबाट ४६ जनामा संक्रमण पुष्टि भएको हो।
आज थप ४८ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल ११ सय ७१ जना कोरोना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-