ओखलढुंगा । चम्पादेवी गाउँपालिका ७ फुलवारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढक कुमारी बिष्टको जंगली च्याउ खाँदा मृत्यु भएको छ भने अन्य दुई जना बिरामी भएका छन् ।

आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया बिष्ट, ढक कुमारी समेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भई उपचारको लागि मिसन अस्पताल ओखलढुङगा पठाइएकोमा उपचारको क्रममा ढक कुमारीको सोही अस्पतालमा र मनमाया बिष्टको काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको हो । अन्य २ जनाको काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-