पोखरा । नेपाल क्योकुसिन कान कराँते बागमारा डोजो व्यवस्थापन सिमिति चयन भएको छ ।
समितिको अध्यक्षमा नविन थापामागर चयन भएका छन । उपाध्यक्षमा ईश्वर गुरुङ, सचिवमा युवराज काफ्ले, सह सचिवमा सुबास अधिकारी, कोषध्यक्ष मनोज श्रेष्ठ चयन भएका छन ।
भने सदस्यमा भुपेन्द्र थापामगर, अशोक आचार्या, संजिता बिक र पदम काजी पौडेल चयन भएका छन । निर्वाचन समितिमा लक्षुमण कुँवर संयोजक रहेका थिए ।
सल्लहाकारमा रामचन्द्र अधिकारी, शंकर रिमाल, प्रकाश कार्की, अमृत गुरुङ, विनोद भण्डारी र विरज आचार्य चयन भएका छन । कार्याक्रममा बागमारा डोजोबाट पेटी परिक्षा दिएर परिक्षा पास भएकालाई पेटी वितरण गरिएको प्रशिक्षक सुमन प्रतेलले जानकारी दिए ।
पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले खेलकुदको बारेमा भनाइ राखेका थिए । अधिकारीले आफ्नो ध्यान खेल क्षेत्रको विकासमा रहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-