चितवन । भरतपुर महानगरपालिका १९ तमुटोलस्थित सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उक्त ट्याङ्कीभित्र खसेर कपिलवस्तु शिवराज नगरपालिका ९ बस्ने २३ वर्षीय राम चौधरी र २४ वर्षीय छतिराम चौधरीको बुधबार साँझ मृत्यु भएको छ ।
सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरू उक्त ट्याङ्कीभित्र खसेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय फुलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई मृत अवस्थामा फेला पारेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-