पोखरा । पोखरा महानगरपालिका २७ अर्घौचोकमा ना ७ ख ४९७६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने तनहुँ घिरिङ गाउँपालिका १ घर भएका ६५ वर्षीय राजी भन्ने ईमराज लामिछानेको आइतबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-