पोखरा । आज विश्व वातावरण दिवस । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले विश्व वातावरण दिवस मनाउन सुरु गरीएको हो । नेपालसहित विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाईयो ।
यसैगरी डाईनामिक पब्लिक लाईब्रेरि गण्डकी प्रदेश को आयोजनामा युथ टिम द्धारा जिरो कि।मि। डिपिएल पार्कको प्राङ्गणमा बृक्षा रोपण एवम् सर–सफाई कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको हो ।
‘पृथ्वीको संरक्षणः दिगो प्रकृतिमैत्री जीवन यापन’ भन्ने नाराका साथ मनाइएको दिवसको अवसरमा आइतबार बिहान जिरो कि मी देखी शान्तिनगर पदमार्ग सरसफाइ गरिएको हो । दिवसको अवसरमा पदमार्ग आसपासमा छरिएका प्लाष्टिक, खाली बोत्तल लगायतका फोहोरमैला संकलन गर्दै व्यवस्थापन गरिएको थियो ।
कलपना क्षेत्रिको प्रमुख अतिथित्यमा रहेको कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष, डिपिएल राष्ट्र्यि केन्द«का सदस्य बस्न्त घिमिरे, संस्थाका अध्यक्ष श्री राजकुमार भण्डारी लगायतको सहभागिता थियो ।
बिग्रदै गरेको वातावरणीय अवस्था र यसले उत्पन्न चुनौतीको सामाना गर्न र आजैदेखि सचेत गराउन यो कार्यक्रमको आयोजना गरिएको डिपिएल राष्ट्र्यि केन्द«का सदस्य बस्न्त घिमिरेले बताउनु भयो । उक्त कार्यक्रम संस्थाका महासचिव सुसिल नेपालीले सन्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-