पोखरा महानगरपालिका –२१ धुस्र्यानीमा घरबास(होम स्टे) पूर्ब तयारी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार भएको कार्यक्रममा प्रा। डा। प्रेम शर्मा, पोखरा –२१ वडा सदस्य कृष्ण बहादुर थापा, गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदी, निबर्तमान अध्यक्ष नबराज अधिकारी , पुर्ब अध्यक्ष तारानाथ पाहारी , राष्ट्रिय जेष्ठ नागरिक महासंघका केन्दिय अध्यक्ष तथा पुर्ब एस एस पि छेत्र प्रदान, के सदस्य बासुदेब पन्डित लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश बक्तहरुले धुस्र्यानी गाउँ पर्यटकी दृष्टीकोणले निकै सम्भावना भएको ठाउँ रहेकाले सबै मिलेर घरबास सञ्चालन गर्दा स्थानियको आर्थिक जिवनस्थर सबल हुने बताएका छन् ।
उक्त कार्यक्रम पोखरा महानगरपालिका वार्ड नं २१ का पुर्ब बडा अध्यक्ष खगराज आचार्यको समन्वयमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-