काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्येपुर ठिमी नगरपालिका ६ बस्ने खोटाङ हलेसी तुवाचुङ्ग नगरपालिका ९ सल्ले ठेगाना भएका ५१ वर्षीया ईन्द्र कुमार राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले ४ दिन कैद र १६ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो ।
राईले २०७७ माघ २४ गते आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी ग्लोवल आईएमई बैंक लिमिटेड भक्तपुर शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनीउपर उक्त फैसला गरेको थियो ।
यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कागेश्वरिमनोहरा नगरपालिका १ बस्ने ४८ वर्षीय रामेश्वर चौलागाईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ वैशाख ४ गतेको फैसलाले १ महिना कैद र १ करोड रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ३१ भिमसेनगोलाबाट पक्राउ गरेको हो ।
उनीहरुलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-