उच्च अदालत पोखराले नायक पल शाहलाई थुनामै राख्न आदेश दिएको छ । उनलाई जिल्ला अदालत तनहुँ र नवलपुरको मुद्धालाई सदर गर्दै मुद्दाको अनुसन्धान जारी राख्ने गरी तनहुँ र नवलपुर जिल्ला अदालतले दिएको आदेशलाई सदर गरेको छ ।
नावालिका माथी जवरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरीका कार्यालय तनहुँले सरकारी वकिल मार्फत तनहुँ अदालतमा मुद्दा दर्ता गराएका थिए । थुनछेक बहसमा तनहुँ अदालतले शाहालाई पुर्वपक्षको लागि कारागार चलन गरेको थियो ।
बिहिबार उच्च अदालत पोखराका न्यायाधिशद्वय उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले तनहुँ र नवलपुर जिल्ला अदालतले गरेको आदेशलाई सदर गरेको उपरजिष्टार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
उच्च अदालतको यस आदेशसंगै अभिनेता पल शाह अदालतले अर्को आदेश नदिएसम्म कारागारमा बन्दी हुनेछन। उनले धरौटीमा रही मुद्दा लड्न पाउँ भनि दिएको अपिललाई उच्च अदालतले अस्वीकार गरिदिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-