यामाहाको नयाँ मोडलको मोटरसाइकल ‘एफ जेड एक्स १५०’ पोखरामा पनि आएको छ । यामाहाको पोखराका लागि आधिकारी विक्रेता भि.ए.डब्लू इन्टरप्राइजेजले महा एक्सचेन्ज मेलाको अवसरमा नयाँ मोटरसाइकलको सार्वजानिक गरेको हो ।

पोखरा रंगशालामा आयोजना गरिएको उक्त मोटरसाइकल वातावरणका लागि समेत उपयुक्त रहेको छ ।
सार्वजानिक गरिएको यामाहाको पहिलो ‘नियो रेट्रो’ मोटर साइकल हो जुन एलसिडी मिटर र व्लुटुथ कनेक्टिभिटीको स्मार्ट सुविधा र क्लासिक डिजाइन समावेश छ ।
इनधन इन्जेक्टेड र भारत स्ट्यान्डर्ड ०६, एयर कुल्ड १५० सिसि ब्लु कोर इन्जिन र ५ स्पिड गियर बक्स साथ तयार पारिएको नयाँ मोटरसाइकल हो । यसको ७२५० आरपीएममा १२.४ पीएस अधिकतम् पावर तथा ५५०० आरपीएममा १३ं३ एनएम टर्क जेनेरेट गर्दछ ।
यामाहामा अन्य मोटरसाइकल भन्दा अलि फरक प्रयोजनको निम्ति तयार पारिएको र हरेक डिटेल चालकलाई विशेष ध्यानमा राख्ने गरेको कम्पनीको दाबी छ । उत्कृष्ट कौशलकारिताका साथ तार पारिएको टु लेभल सिट, बलियो ब्लक प्याट्रन टायर, फ्रन्ट फोर्क ब’ट, स्थिर टेलिस्कोपिक सस्पेन्सन जस्ता विशेषताले मोटरसाइकलालाई थप आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले जानकारी दिए । यस्तै डिआरएलका साथ एलइडी हेडलाइट र ओभल सेपको एलइडी रिङ टेललाइटले भिज्युअललाई थप आकर्षण दिएको उनले बताए ।
अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले भि.ए.डब्लु इन्टरप्राइजले सेवाग्राहीलाई दिएको सेवा सरानीय रहेको बताए । उनले सेवा मात्रै नभई मोटरसाइकल प्रेमीका लागि समेत अटोमावाइल्स निकै उत्कृष्ट रहेको सुनाए ।
कम्पनीले नयाँ स्किम रो टु मोटो जिपी पनि सार्वजानिक गरेको छ । यामाहा मोटरसाइकल खरिदकर्ताहरुका लागि ल्याइएको स्किम अनुसार चार जना भाग्यशाली खरिदकर्ताले प्याडकबाट च्याङ अन्तराष्ट्रिय सर्किट, थाइल्याण्डमा मोटो जिपिको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । भि.ए.डब्लू इन्टरप्राइजेजका संचालक सरोज श्रेष्ठले पोखरा पर्यटकीय सहर भएकाले पोखरामा अब मोटरसाइकललाई समेत कानुनी रुपले भाडामा दिने व्यवस्था गर्नुपर्नेमा जोड ििदए । उनले यामाहाले सद्यै फरक गर्दै आइरहेको सुनाए ।
प्रतिक्रिया लेख्नुहोस्:-