पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिदा उडान अवरुद्ध भएको छ । हवाइजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिदा उडान अवरुद्ध भएको हो ।
पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार ट्यांकर पल्टिदा पोखरामा हुने बिहानका उडानहरू अवरुद्ध भएका हुन् । विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न नभएको उनले बताए । अहिले क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम जारी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-