पोखरा । गण्डकी प्रदेश सभा सदस्य एवम् पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले गठबन्धनको सरकारले प्रदेश सरकारको गौरवको आयोजनालाई वेवास्ता गरेको बताएकी छिन् ।
उनले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले गण्डकी वासीमा आशा नजगाएको बताएकी छिन् । उनले सरकारले ल्याउन लागेको विधेयकले एमाले सरकारले अघि सारेका गौरवको आयोजनालाई प्राथमिकता नदिएको बताएकी छिन् । उनले गण्डकी प्रदेश सरकारको लगानीमा पोखरा ३३ मा निमार्ण गरिने भनिएको अन्तराष्ट्रिय क्रिकेट मैदानलाई सरकारले वेवास्था गरेको सुनाइन् । ‘
अघिल्लो सरकारले प्रदेश विकासका निम्ति पहिचान गरेका प्रदेश गौरवका आयोजना जस्तै स्थानीय तहको केन्द्र जोड्ने सडक, वातावरणमैत्री कृषि कार्यक्रम, गाउँमैत्री कार्यक्रम, स्याउँमा आत्मनिर्भर हुने आयोजना, घरबास कार्यक्रम, प्रदेश प्राविधिक प्रतिष्ठान, क्रिकेट मैदान निमार्ण, सुचना प्रविधि पार्क निमार्ण प्रदेश प्रहरी तालिक केन्द्र, शिक्षण अस्पताल, उद्योग ग्राम पहिचान र स्थापना आदिको महत्वलाई कम ठान्ने र बजेट विनियोजनमा उपेक्षा ठान्ने आफ्नो निर्वाचन क्षेत्रमा बजेट राख्ने गरेको यो सरकारले गरेको बजेट विनियोजनबाट प्रष्ट हुन्छ ।
उत्पादन मुखी अर्थतन्त्र निमार्णमा लगाउनुपर्ने स्रोत साधनलाई स–सना टुक्रे कार्यक्रममा वितरण गर्ने र बजेट सिध्याउने खालको देखिन्छ ।’ उनले सरकारले वेलगाम प्रशासनिक खर्चमा महत्व दिएको बताइन् । मन्त्रालय थपिएको र त्यसको कुनै काम नभएको उनले आरोप लगाइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-