अर्थमन्त्री जनार्दन शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन गरेका छन्। बजेट वक्तव्य मार्फत उनले सो जानकारी दिएका हुन्।
त्यस्तै, युवा तथा खेलकुद मन्त्रालयको लागि रु २ अर्ब ४६ करोड विनियोजन गरेका छन्। खानेपानी क्षेत्रको लागि रु ३७ अर्ब ३५ करोड विनियोजन गरिएको छ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि रु ७० अर्ब ५ करोड विनियोजन गरिएको छ। शिक्षा क्षेत्रतर्फ प्रदेशमा रु ५ अर्ब ३२ करोड र स्थानीय तहमा रु १ खर्ब २१ अर्ब १ करोड हस्तान्तरण गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि रु ९ अर्ब १३ करोड गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-