पोखरा । अब सरकारसँग अनुमति लिएका आधिकारिक व्यक्ति र कम्पनीले मात्र घरजग्गाको कारोबार गर्न पाउने भएका छन्।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै आगामी आवदेखि महानगर र उपमहानगरबाट यस्तो व्यवस्था कार्यान्वयन गरिन लागेको बताए।
जग्गाको मूल्यमा सट्टेबाजी रोक्न सरकारले यस्तो प्रस्ताव गरेको हो। तर, यो यसअघि नै घोषणा भएर पनि कार्यान्वयनमा नआएको कार्यक्रम हो।
त्यसै गरी, घरजग्गा मूल्याङ्कनलाई व्यावहारिक बनाउन एकीकृत घरजग्गा मूल्याङ्कन प्रणाली लागू गरिने पनि शर्माले बताए। अर्थमन्त्री शर्माले भू(उपयोग योजना कार्यान्वयन गरिने तथा आगामी वर्ष ३०० स्थानीय तहका पाँच लाख भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपत्र दिइने बताए।
प्रतिक्रिया लेख्नुहोस्:-