काठमाडौं : तारा एयरले मुस्ताङमा हराइरहेको जहाज खोजी कार्य जारी रहेको बताएको छ ।
तारा एयरले एक विज्ञप्ति जारी गर्दै पोखराबाट जोमसोमका लागि आइतबार बिहान उडेको जहाज सम्पर्कबिहीन भएको र खोजी तथा उद्दार कार्य जारी रहेको जानकारी गराएको हो।
विमान अन्तिमपटक जोमसोम टावरसँग १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने स्थानबाट सम्पर्कमा आएको र त्यसपछि सम्पर्कबिहीन भएको थियो। सो विमानको खोजतलासका लागि जोमसोमबाट हेलिकोप्टर पठाइएको तारा एयरले जनाएको छ ।
खराब मौसमका कारण जहाज खोज्न समस्या भएको छ। जहाजमा दुई जर्मनी नागरिक, चार भारतीय र १३ जना नेपाली यात्रु छन्।
पाइलट प्रभाकर घिमिरेले उडाएको तारा एयरको जहाजमा को(पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा छन्।
खोजी तथा उद्दार कार्यका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकोप्टरहरु स्ट्याण्ड वाइ रहेको र मौसम सुधार हुनासाथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गरिनेछ तारा एयरले जनाएको छ।
नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरिसकेको जनाइएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-