पोखरा । मौसम खराबीका कारण हराइरहेको तारा एयरको जहाज खोज्न स्थलमार्गबाट नेपाली सेना र प्रहरीको टोली पठाइएको छ।
उक्त हेलीमा २१ जना रहेको स्रोतले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थलमार्गबाट हराएको जहाज खोजि गर्न नेपाली सेना र नेपाल प्रहरीको टोली खटाएको जनाएको हो ।

आइतबार बिहान मुस्ताङको घोडेपानी क्षेत्रबाट सम्पर्कबिहीन तारा एयरको जहाजको खोजी गर्न स्थलमार्गबाट सुरक्षाकर्मी खटिएका हुन् । आज बिहान ९ः५५ बजे जहाज जोमसोमका उडेको थियो। जहाजमा ३ जना चालक दलका सदस्य र १९ जना रहेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-