पोखरा । तारा एयरको विमानस्थानमा लेतेको लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ । घाँसा भन्दा माथिले लेते र त्यस माथी लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कडेले जानकारी दिए । उनले उठान भएको १८ मिनेटपछि सम्र्पक विहिन भएको बताए ।
पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो । पोखरा विमानस्थलबाट उडेको ९ एन एइटी कलसाइनको ट्वीनअटर जहाज दुर्घटनामा परेको हो ।
जहाजमा चालक दलका सदस्य प्रभाकर घिमिरेले विहान ९ बजेर ५५ मिनेटमा जहाज उडाएका थिए । जहाज विहान १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । ४ जना भारतीय पर्यटक सहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेका छन् ।
यी हुन् हराइरहेको विमानमा रहेका चालक दलका सदस्य र यात्रुहरु
चालक दल
१. क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी थापा
यात्रुहरु
१. बान्देकर वैसवी
२. इन्द्रबहादुर गोले
३. पुरुषोत्तम गोले
४. राजनकुमार गोले
५. मेइक ग्रीटग्राफ
६. वसन्त लामा
७. गणेश नारायण श्रेष्ठ
८. रवीना श्रेष्ठ
९. रश्मी श्रेष्ठ
१०. रोजिना श्रेष्ठ
११. प्रकाश सुनुवार
१२. मकरबहादुर तामाङ
१३. राममाया तामाङ
१४. सुकुमाया तामाङ
१५. तुलसादेवी तामाङ
१६. अशोककुमार त्रिपाठी
१७. धनुश त्रिपाठी
१८. ऋतिका त्रिपाठी
१९. वी विलनर
प्रतिक्रिया लेख्नुहोस्:-